यो सरकारले जनताको अधिकारलाई संस्थागत गर्न नसक्ने « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

यो सरकारले जनताको अधिकारलाई संस्थागत गर्न नसक्ने


यलम्वर टाइम्स
२३ श्रावण २०७३, आईतवार १०:३०

janyoddhaबिर्तामोड / जनयुद्ध रक्षा फन्ट नेपालले ९ बुँदे कार्य दिशा सार्वजनिक गरेको छ ।

वर्तमान सरकारमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र माओवादी मिलेर झापामा १५ गते बसेको बैठकले यो सरकारबाट पनि जनताको बलिदान र प्राप्त अधिकारलाई संस्थागत गर्न नसक्ने बताएका छन् ।

भेटघाट चौतारीमा भएको पत्रकार सम्मेलनमा फन्टका केन्द्रीय अध्यक्ष पर्वतले सत्य निरुपण आयोग तथा मेलमेलिपाले थप द्वन्द्व र परिवार असुरक्षित पार्ने कार्य गरेको ठहर गरेको छ । देशभर छरिएर रहेका क्रान्तिकारी शक्ति र समूहसँग एकताको पहल गर्दै माओवादी सैद्धान्तिक मूल्य र मान्यताको अक्षरस पालना गर्ने क्रान्तिकारी माओवादी केन्द्र निर्माणको दिशामा अगाडि बढिने ठहर गरेको छ ।