मोही हक नलाग्ने « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

मोही हक नलाग्ने


यलम्वर टाइम्स
१० भाद्र २०७५, आईतवार ०६:३९

अर्जुनधारा । शनिश्चरे माध्यमिक विद्यालयको नाममा रहेको जग्गा चन्द्रमान श्रेष्ठले दाबी गरेतापनि भूमि सुधार कार्यालय झापामा विचाराधिन रहेको हुँदा चन्द्रमानलाई मोही हक नलाग्ने निचोड निकालेका छन् ।

२०२० साल चैत २१ गते रत्नकुमारी मानन्धरले शनिश्चरे माध्यमिक विद्यालयलाई ३ विगाह जग्गा प्रदान गरेका थिए । उक्त जग्गा चन्द्रमान श्रेष्ठले कमाएको नदेखिएको हुँदा उनलाई मोही हक नलाग्ने अभिभावक भेलामा वक्ताहरुले व्यक्त गरे । उक्त जग्गा हाल अर्जुनधारा नगरपालिका–६ मा पर्छ ।

विद्यालयले शुक्रबार अभिभावक भेला गराई भएको छलफल तथा अन्तरक्रियामा उक्त निचोड निकालेका थिए ।

अभिभावक भेलामा प्रध्यानाध्यापक भैरव पौड्यालले जग्गा विषयमा आध्योपान्त दर्शाएपछि उपस्थित नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यले नक्कली किर्ते मोही ठहरिए कानून बमोजिम कारवाही हुने बताउँदै यथेष्ट प्रमाण पुगे हक दाबी गर्न पाउने अधिकार रहेको बताए ।

धनीपूर्जाको मोहीको मोहलमा नाम उल्लेखीत व्यक्ति चन्द्रबहादुर श्रेष्ठको नामबाट हाल भुमि सुधार कार्यालय झापामा जग्गा बाँडफाँडको लागि निवेदन दिएको ले विद्यालयले आफूसँग रहेको कागज प्रमाणपत्र संलग्न राखि प्रति उत्तर प्रस्तुत गरेका अवस्था छ ।

जग्गाधनी प्रमाण पूर्जामा मोहीको रुपमा चन्द्रबहादुर श्रेष्ठको नाम रहेपनि फिल्डबुकमा निजको हस्ताक्षर रहेको छैन । मोहीको हक दाबी गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रमा नाम चन्द्रमान श्रेष्ठ रहेको छ ।

जग्गाधनी प्रमाण पूर्जामा नाम उल्लेख भएका चन्द्रबहादुर श्रेष्ठ र हाल मोही हक दाबी गर्ने चन्द्रमान श्रेष्ठको नागरिकता तथा मोही पूर्जामा उमेर १० वर्षको फरक देखिन्छ । निजको आमाको नाम फरक–फरक जानुका देवी र जनककुमारी उल्लेख भएको देखिन्छ ।

प्रअको प्रतिवेदन अनुसार किर्ते मोहीसँग जग्गा बाँडफाँड गर्न नहुने उपस्थित वक्ताहरुले छलफलमा बताएका छन् । छलफलमा वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतम, ६ का लोकनाथ गौतम, लवकुश गिरी, कृष्ण हुमागाई, दिपेन्द्र लम्साल, विद्यालयका अध्यक्ष युवराज नेपाल, अभिभावक संघका अध्यक्ष मोहन पौड्याली लगायतले बोलेका थिए ।

कार्यक्रम सञ्चालन सीएमले गरेका थिए ।