बिरिङ नदीले क्षति पुर्याएको ठाउँमा नगर प्रमुख राना र प्रदेश सांसद प्रधानद्वारा अनुगमन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

बिरिङ नदीले क्षति पुर्याएको ठाउँमा नगर प्रमुख राना र प्रदेश सांसद प्रधानद्वारा अनुगमन


यलम्वर टाइम्स
११ भाद्र २०७५, सोमबार ०७:५४

अर्जुनधारा । जनताको तटबन्धन कार्यक्रम विकास कार्यक्रम अन्तर्गत अर्जुनधारा नगर भएर बग्ने बिरिङ नदीको अति सम्वेदनशील क्षेत्रको अनुगमन सम्पन्न गरिएको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको नेतृत्वको अनुगमन टोलीले अर्जुनधारा–७ स्थित बिरिङ नदीमा पर्ने फूलमती पुल, चौरासी विघे पैनीको मुहान र अर्जुनधारा–१ बिरिङ नदीमा रहेको पाँचथरे खोल्सी छेउको अति सम्वेदनशील क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

वर्षाको समयमा उक्त क्षेत्रमा पानीको वहाव अत्यन्तै बढी हुने भएकाले सम्भावित कटान गरी क्षति पुर्याउने देखिएकाले अनुगमन गरिएको नगर प्रमुख रानाले बताए ।

बाढीले सम्भावित क्षेत्रमा पुर्याएको विवरणको रिपोर्टिङ आफूले सिँचाइ विभागमा गर्ने उक्त टोलीमा सहभागी रहेका जनताको तटबन्धन कार्यक्रम इञ्जिनियर रामबालक शाहले बताए । आगामी दिनमा सो क्षेत्रमा आपतकालिन कार्यक्रम आउन सक्ने उनले बताए ।

सो अनुगमन टोलीमा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, शाखा अधिकृत पुण्य दाहाल, जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय गैँडे झापाका इञ्जिनियर शाह, वडा नं. १ का वडाध्यक्ष गजाधर खतिवडा, वडा नं. ७ का वडाध्यक्ष नवीन ढुङ्गाना, सवइञ्जिनियर छविरमण पोखरेल, जनताको तटबन्धन गैँडेका कर्मचारी टेकराम भट्टराई, पत्रकार दिपीन राई लगायतको सहभागिता रहेको थियो ।

अनुगमनमा वडा नं. १ का अध्यक्ष गजाधर खतिवडाले तटबन्धन गरेको जाली काटेर तस्करले ढुंगा लगेको देखाउँदै यस क्षेत्रमा ढुंगा तस्करीको बाटो भएको हुँदा सबै क्षेत्रबाट रोकथामको आवश्यकता भएको बताए ।