‘संस्कारी जोगी आउँदा गाउँ उज्यालो’ « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

‘संस्कारी जोगी आउँदा गाउँ उज्यालो’


यलम्वर टाइम्स
२ मंसिर २०७५, आईतवार ०६:४१

[लीला राई]

अर्जुनधारा । हिजोआज गाउँघरमा फेरी नबजाई, जय गोरखकनाथ नभनी आउने जोगीहरु प्रशस्त पाइन्छन् । त्यस्ता जोगीहरुबाट न त घरको रक्षा हुन सक्छ न त तन्त्रमन्त्र र आशिर्वाद प्रदान गरेरै जान सक्छन् ।

नक्कली जोगीले हिजोआज गाउँघरमा हैरान पारिरहेको बेला दोलखा जिल्ला तामाकोशी गाउँपालिका–४ बाट अर्जुनधारा आएका ६९ वर्षीय येवनाथ योगी (जोगी)ले संस्कारयुक्त जोगीहरुबाट गाउँघर उज्यालो हुने बताएका छन् ।

उनले फेरी नलगाउने, फेरी लगाउँदा चारसुर नबाँध्ने जोगी संस्कारयुक्त जोगी नभएको बताए । त्यसैले यसो तराई तिर घुम्न आउँछु । सबैको भावना बुझ्छु, नक्कली जोगीले हैरान पारेको पाएँ । त्यस्ता जोगीले पुस्तौंदेखि शीरोधार्य थाम्दै आएको हामी जोगीलाई बदनाम बनाउन पुगेका छन् –येवनाथ योगीले भने ।

येवनाथ योगीले जस्तै इलाम सोयाङ घर भएका रत्नबहादुर जोगीको पनि भनाई त्यही छ । ‘जोगी हुँ भन्दैमा जतिखेर पायो, त्यतिखेर कमण्डली झोला बोकेर हिंड्न मिल्दैन’ रत्नबहादुर भन्छन् ।

गाउँमा छिरेपछि संस्कारलाई शीरमा राखि फेरी लगाउँदा गाउँलेहरुबाट पनि संस्कारिक ढंगबाट दान प्रदान गरिने भएको हुँदा त्यसलाई जोगाई राख्न जोगीको कर्तव्य भएको बताउँछन् ।

येवनाथका पिता रघुनाथ पनि कानचिरा जोगी नै थिए । उनका हजुरबुवा पशुपतिनाथ त्यस्तै । मेरो बुबा र हजुरबुवाले दिएको संस्कार अनुसार नै म बराँटको साहरामा फेरी लगाउँदै हिंड्दै आएको छु । त्यही संस्कारबाट बाँचेको पनि छु । मेरो गाउँ तामाकोशीमा ४५ घरभन्दा बढी जोगीहरु छन् । ति सबै संस्कारयुक्त ढंगबाट चल्छन् । हामी घरबाट हिंड्दा ईष्ट देवतासँग शक्ति माग्छौं । त्यही शक्ति फेरी लगाउँदै छर्दै हिंड्छौं । येवनाथले आध्योपान्त खोले ।

येवनाथका दुई छोरा छन् । जेठा छोरा राधाकृष्ण मावि स्कुलका शिक्षक, कान्छो छोरा शुभराज नेपाली सेनामा कार्यरत् छन् । ति दुवै छोरा रिटार्यड भएपछि आफ्नै संस्कारमा हिंड्ने कवोल गरेको बताए ।

येवनाथ आफै पनि पहिला शिक्षण पेशामा आवद्ध थिए । बाउबराजुले थेक्दै ल्याएको पेशा लोप त हुने होइन ? भन्ने चिन्ता छाएपछि शिक्षण पेशा चटक्कै त्यागेर फेरी लगाउँदै हिंडेको बताउँछन् ।

सानो छँदा दुवैलाई तन्त्रमन्त्रसहित गाउँघर हिंड्न सिकाएको छु । हिंडेका पनि छन् । भविष्यमा हिंड्ने आफूलाई विश्वास छ । येवनाथ आफै पनि पहिला शिक्षण पेशामा आवद्ध थिए । बाउबराजुले थेक्दै ल्याएको पेशा लोप त हुने होइन ? भन्ने चिन्ता छाएपछि शिक्षण पेशा चटक्कै त्यागेर फेरी लगाउँदै हिंडेको बताउँछन् ।

उनले फेरी लगाएको ४५ वर्षभन्दा लामो भएको सुनाउँछन् । यस पेशामा यसरी हिंड्दा आर्थिक उपार्जनको पाटो बलियो नै हुन्छ नि ? भन्दा येवनाथ भन्छन्, –‘खान पुगेको छ । बस्न पुगेको छ । मीठो–नमीठो जे भए पनि श्रीमतीको अनुहार उज्यालो पारेको छु । भक्तपुरमा एउटा घडेरी किनेको छु । झापाको अर्जुनधारा–४ जरुवाबस्तीमा पनि जग्गा जोडेको छु ।’

हसिला स्वाभावका येवनाथ जय गोरखनाथ भनी घरमा आईपुग्दा मुसुक्क हाँस्दै उज्यालो अनुहार पार्छन् । हाक्कि स्वाभावमा येवनाथ भन्छन्, –‘म जहाँ जान्छु भुराभुरीहरुले मलाई साह्रै माया गर्छन् र पछ्याउँछन् पनि ।’

उसबेला राज्य एकीकरणको अभियानमा शाह वंशीय राजाले जोगीको पद हाम्रा पुर्खालाई गुत्थाएका थिए । त्यही पगरीलाई सम्मान गर्दै हामी हिंड्दै आएका छौं । हुन त के–के भन्छन्, हामीलाई । हामी त्यसलाई सुन्दैनौं । खाली यति सिकेका छौं, जुन घरमा फेरी लगाउँछौं त्यो घरलाई केही नहोस् भनी मन्त्र वाचन गर्दै स्वस्थ गाउँघर होस् भनी फेरी बजाउँदै पुकारछौं ।

जोगीको पगरी शाह राजाले दिएको कथा रत्नबहादुर स्वीकार्छन् । एकीकरणको अभियानमा उनका पुर्खा पूर्व इलाम आईपुगेका हुन् । उनको पुस्ता पनि त्यहि बितेको छ ।

तीन छोरा र एक छोरीका धनी जेठा छोरा सिक्किमा ड्रभिङ पेशामा आवद्ध छन् । कान्छो वैदेशिक रोजगारको तर्खरमा छ । माइलो छोरालाई संस्कारमा हिंडाउनका लागि डोहोर्याउँदै हिंड्दै छु– रत्नबहादुर भन्छन् ।

बुवासँगै अर्जुनधारा छिरेका माइला बलबहादुर पुर्खाको बिडो थाम्न कात्तिक र चैत्रमा पुनः गाउँघर आउने बताउँछन् ।

लीला राई