अर्जुनधारा जलेश्वरधामलाई कोशेढुंगो बनाइने « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

अर्जुनधारा जलेश्वरधामलाई कोशेढुंगो बनाइने


यलम्वर टाइम्स
१२ मंसिर २०७५, बुधबार ००:४२

[लीला राई]

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले अर्जुनधारा जलेश्वरधामलाई कोशेढुंगोको रुपमा निर्माण गरेर लान नगरपालिका तयार रहेको बताएका छन् ।

मंगलबार धामद्वारा सञ्चालित ३६ औं धार्मिक अनुष्ठानलाई उद्घाटन गर्दै प्रमुख रानाले जलेश्वरधामले देशविदेशमा पनि प्रसिद्धी प्राप्त गर्न स्थानीय सरकार के गर्नुपर्छ त्यसतर्फ नगरको ध्यान केन्द्रीत हुने बताएका थिए ।

संस्कार संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सकिएन भने औपचारिकताले मात्र नेपाली समाज समृद्धि हुन सक्दैन र खुशी हुन पनि सक्दैन । त्यसैले हाम्रा पूर्वजले रोजेको, खोजेको र छाडेर गएकोलाई आत्मसाथ गरियो भने पूर्खाको आशिर्वाद लाग्ने बताए ।

प्रमुख रानाले अर्जुनधारा जलेश्वरधाम पर्यटन विकास बोर्डमा सूचिकृत भएको छ । अब गुरु योजनासहित अगाडि बढ्न सकिएन भने विकास हुन सक्दैन । त्यसतर्फ धाम समितिको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

धाम अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि भागवत भुषण कौशिकजी (पं. दिनेश ढुंगाना)ले भविष्य पुराणको श्लोकबाट पुराणको उद्घाटन गरेका थिए । कार्यक्रममा

धानधाञ्याचलको उद्घाटन छविलाल शिवाकोटी, यज्ञ उद्घाटन राम जोशी र गल्ला उद्घाटन सत्यनारायण शाहुले गरेका थिए ।

गुरुकुलका विद्यार्थी तथा गुरु अग्नी सिग्देलद्वारा स्वस्ति वाचन गरी सुरु गरिएको कार्यक्रममा विशिष्ट अतिथि स्व. पुष्पलाल गुरुकी धर्मपत्नी इन्द्रलक्ष्मी निरौला, नगरपालिकाका प्रशासकीय अधिकृत पंकज भुर्तेल, बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद कोइराला, ज्येष्ठ नागिरक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराई, भजन गायक देवीभक्त श्रेष्ठ, चन्द्रप्रसाद भट्टराई, शनि मन्दिर दाता पित्ताम्बर अधिकारी, गिता अधिकारी, लोकराज चम्लगाई, कृष्णप्रसाद कोइराला, कर्ता ऋद्धिबहादुर खड्का, प्रेस क्लब अध्यक्ष कुमार भट्टराई, दाता सुधादेवी गट्टानी, शनिश्चरे प्रहरी चौकी इन्चार्ज राजन खड्का, वडा नं. ७ का अध्यक्ष नविन ढुंगाना, शिक्षासेवी लोकनाथ पौडेल, आध्यात्मिक चेतना समूहका राधा बुढाथोकी, दाता मेधनीप्रसाद ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।

बिहान १०ः३० बजेबाट झाँकी सहित नगर परिक्रमा गरिएको कार्यक्रममा शिवका रुपमा प्रजित ओली, पार्वतीको रुपमा रचना नेपाल रहेका थिए ।

र्यालीमा रुपरत्न बोर्डिङ, एम्स एकाडेमी, सूर्यज्योतिका विद्यार्थीहरु रहेका थिए भने स्थानीय विभिन्न जातजातिका भेषभुषा लगाएर र्यालीमा सहभागिता जनाएका थिए ।

उद्घाटन समयमा सम्मानितहरुको सम्मानपत्र कोषाध्यक्ष मनोज जोशी र सचिव शिवलाल खतिवडाले वाचन गरेका थिए भने अतिथिहरुलाई धाम उपाध्यक्ष भिमचन्द्र भट्टराई र चन्द्रकला भण्डारीले खादा ओढाई आतिथ्य ग्रहण गराएका थिए । उपस्थित सबैलाई स्वागत धाम उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले गरेका थिए ।

भजन गायक राजु अधिकारीले देशभक्ति गीत पस्केर भजन समुद्घाटन गरेको सञ्चालक महासचिव विष्णु निरौलाले जानकारी दिए ।

कार्यक्रम पश्चात साँझमा गंगा आरतीको आयोजना गरिएको थियो । पहिलो पटक गरिएको गंगा आरतीको उद्घाटन लोकनाथ चम्लगाईले ११ हजार प्रदान गरी गरेका थिए ।

पुराणभरि घुम्न आउने धर्मानुरागीका लागि मारवाडी महिला मञ्चले रु. २५ मा शाकाहारी खाना खुवाउने लक्ष्य लिएको नितु सोमानीले बताइन् । पुराण श्रवण गर्न आउनेहरुका लागि औषधी उपचार, स्वयम्सेवक र चियापानको व्यवस्था गरिएको धामका सदस्य शेखर प्रधानले जानकारी दिए ।

धामबाट पूर्वजहरुलाई सम्मान

अर्जुनधारा जलेश्वरधाममा २०३३ सालमा श्रीमद् भागवत महापुराण लगाउन गठित पुराण आयोजक समितिलाई उद्घाटनको दिन सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा अर्जुनधारा गाविसका तत्कालिन प्रधानपञ्च खगेन्द्र ढकाल, अर्जुनधारा गाविसका तत्कालिन उपप्रधानपञ्च भीमबहादुर खड्का, तत्कालिन वडाध्यक्ष देवीबहादुर शिवाकोटी (मरणोपरान्त), कथा वाचकद्वय महेन्द्र भट्टराई, लेखनाथ मिश्रलाई सम्मान गरिएको थियो ।

यसरी नै २०४० सालमा लगाइएको श्रीशिव महापुराणका कार्यसमितिका अध्यक्ष दुर्गाप्रसाद खरेल, उपाध्यक्ष हेमबहादुर थापा, सचिव पदम शिवाकोटी, कोषाध्यक्ष मधुसुदन अर्याल, सदस्यहरु भक्ति शिवाकोटी, मोहन धिताल, धनप्रसाद शिवाकोटी, पुरान आयोजक समिति भक्तबहादुर खड्का, फत्तेबहादुर बुढाथोकी, देवीप्रसाद शिवाकोटी, चित्रसेन भण्डारी, सन्तलाल गट्टानी, टीकाराम ढुंगानालाई धाम अध्यक्ष नविन गट्टानीले फुलमाला र सम्मानपत्रबाट अभिनन्दन गरिएको थियो ।

उद्घाटन समयमा पुराण वाचक पं. डिल्लीराम गुरागाई, माधव निरौला, कर्ता नरेन्द्र बराल, स्व. राधाकृष्ण बराल, स्व. बलराम गुरागाई, स्व. मोहन काफ्ले, स्व. जयप्रसाद पौडेललाई पनि सम्मान गरिएको थियो ।

यसरी नै अर्जुनको शालिक निर्माण गर्ने भुसुरु राजवंशी, पहिलो जग्गादाता कृष्णकुमारी बज्रचार्य, पहलकर्ता स्व. पदमबहादुर काफ्ले, हरिबहादुर ढकाल, पहिलो गल्ला उद्घाटनकर्ता डा. शंकरप्रसाद उप्रतीलाई पनि सम्मान गरिएको थियो ।

पहिलो पटक पोखरी सफल गर्न रु. १० प्रदान गर्नुहुने दृपकुमारी भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
निरन्तर गल्ला सञ्चालन गर्नुहुने स्व. हर्कबहादुर खड्का र २०४० सालदेखि निरन्तर सहयोग गर्नुहुने स्व. लेखनाथ अधिकारी, स्व. भिमबहादुर लामिछाने, स्व. निरबहादुर लामिछाने, स्व. रामबहादुर खड्का (जिवा) र केशव गुरागाई, रुकमणि कोइराला, तिलबहादुर पौडेल, धनपति चिमरिया, पिताम्बर अधिकारी, लक्ष्मी अधिकारीलाई पनि सम्मान गरिएको थियो ।