भक्तजनहरुको पर्खाईमा अर्जुनधारा जलेश्वरधाम « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

भक्तजनहरुको पर्खाईमा अर्जुनधारा जलेश्वरधाम


यलम्वर टाइम्स
१५ मंसिर २०७५, शनिबार ०३:१६

अर्जुनधारा । बालाचतुर्दशीको पर्वलाई भव्य र सभ्य बनाउन जलेश्वरधाम समिति सक्रिय रहेको देखिएको छ ।

पूर्वको पशुपतिनाथको नामबाट प्रचलित जलेश्वरधाम बेहुलीझैं श्रृङ्गारिदै बालाचतुर्दशीका दिन भक्तजनको पर्खाइमा रहेको छ ।

साँझ ६ बजे पश्चात आन्तरिक पर्यटकहरु आउने र सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नेहरुको लर्को नै लागेको छ ।

यस वर्षको ३६ औं अनुष्ठान भव्य त छदैछ, टाढाटाढाबाट आउने भक्तजनहरुका लागि ज्ञानर्वद्धक मनोरञ्जनका लागि महाभारतकालिन प्रतिमासहितको दृष्य राखिएको छ ।

जलेश्वर पोखरीमा संगीतको तालमा फोहोरा नाचसाथै साँझपख विशेष गंगा आरती गरिँदै आएको छ । हिन्दू सनातनी धर्ममा गंगा आरती गर्दा आत्मशान्ति मिल्ने र पूर्वज्लाई सम्झेर उनीहरुलाई वैकुण्ठमा बास होस् भनी प्रार्थना गर्ने चलन छ ।

पहिलो पटक आयोजित संगीतमय फोहोरा नाचको उद्घाट वडा अध्यक्ष नविन ढुंगानाले गरेका थिए भने गंगा आरतीको उद्घाटन स्थानीय ध्रुव पौडेलले आफ्ना स्व. पिता जयप्रसाद पौडेल र भतिज अनिष पौडेलको नाममा गरेका थिए ।

३६ औं अनुष्ठानलाई सक्रिय रुपमा सम्पन्न गर्नका लागि विभिन्न कमिटी समेत गठन भएको छ ।
अर्थ तथा गल्ला समितिमा संयोजक मनोज जोशी रहेका छन् भने बजार व्यवस्थापनमा शिवलाल खतिवडा रहेका छन् ।

त्यस्तै शान्ति, सुरक्षा तथा ट्राफिकमा दिपक तामाङ, मन्दिर व्यवस्थापनमा चन्द्रकला भण्डारी, खाद्य व्यवस्थापनमा सुरेन्द्र शाह, व्यास व्यवस्थापनमा रमा चापागाईं, यज्ञ मण्डपमा भानु जोशी, भजन किर्तनमा कृष्ण पौडेल, मेला व्यवस्थापनमा दिपक तामाङ, गंगा आरतीमा अग्नी सिग्देल, भानु शिवाकोटी, आपूर्तिमा सुधिर बस्नेत, सरसफाईमा शेखर प्रधान, स्वास्थ्य सेवा धनबीर यादव, प्रचारमा रमेश त्रिखत्री, सतबिज व्यवस्थापनमा मनोज जोशी, स्रोता व्यवस्थापनमा सूर्यप्रसाद भट्टराई, उद्घोषमा विष्णु निरौला, गुरुकूल व्यवस्थापनमा चित्रसेन भण्डारी, सन्त भवनमा नविन गट्टानी, भूमि व्यवस्थापनमा लीला चिमरिया, शनि मन्दिर व्यवस्थापनमा शंकर सुवेदी, अनुगमन लभकुश गिरी, कार्यालय व्यवस्थापनमा विष्णु निरौला, सीसी क्यामेरा व्यवस्थापनमा शंकर सुवेदी रहेको उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले जानकारी दिए ।

बालाचर्तुशीलाई सव्य र भव्य रुपमा सम्पन्न गर्न शान्ति सुरक्षालाई मध्यनजर गर्दै सतबिज छर्न आउने भक्तजनहरुका लागि प्रहरी स्वयम्सेवक तथा स्काउट परिचालन गरिने उपाध्यक्ष भिमचन्द्र भट्टराईले जानकारी दिए ।