अर्जुनधारामा योजना सञ्चालन तथा क्षमता विकास तालिम « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

अर्जुनधारामा योजना सञ्चालन तथा क्षमता विकास तालिम


यलम्वर टाइम्स
२४ मंसिर २०७५, सोमबार ११:१०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आफ्नो क्षेत्रमा विकासका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन उपभोक्ता समितिका पदाधिकारीहरुलाई ७ दिवसीय योजना सञ्चालन तथा क्षमता विकास सम्बन्धी अभिमूखिकरण तालिम प्रदान गरेको छ ।

खुदुनाबारी बजार स्थित संयुक्त वडा कार्यालयको सभाहलमा भएको तालिममा उपभोक्ता समितिको गठन र सञ्चालन, अनुगमन समितिको व्यवस्था, योजना कार्यान्वय, अनुगमन तथा फरफारक र आयोजना सूचना पार्टीको नमूनाको विषयमा अभिमूखिकरण तालिम केन्द्रीत रहेको जनाइएको छ ।

नगरपालिकाका कर्मचारी बसन्त बुढाथोकीको संयोजकत्वमा भएको तालिममा योजना अधिकृत हेमराज सेढाई, तुलसी भण्डारी, इन्जीनियर लक्ष्मी सापकोटा, लेखाका चन्द्रमान गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

अर्जुनधारा नगरपालिका वडा नं. १, २ र ३ लाई लक्षित गरी प्रदान गरिएको उक्त तालिममा ४२ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

नगरको समग्र विकासमा उक्त तालिम उपयोगी हुने तालिममा सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।