अर्जुनधारा जेसीजका अध्यक्ष देव एरिया ‘ए’का एक्ला उम्मेद्वार « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

अर्जुनधारा जेसीजका अध्यक्ष देव एरिया ‘ए’का एक्ला उम्मेद्वार


यलम्वर टाइम्स
२४ मंसिर २०७५, सोमबार ११:३०

अर्जुनधारा । नेपाल जेसीजको आसन्न निर्वाचनका लागि राष्ट्रिय उपाध्यक्षमा एरिया ‘ए’ बाट अर्जुनधारा जेसीजका डाइनामिक लिडर अजयकुमार देवको एक्लो उम्मेदवारी परेको छ ।

नेपाल जेसीजको जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि उपाध्यक्ष पदमा देव एक्लो उम्मेदवार हुन् । देव अर्जुनधारा जेसीजका वर्ष ०१८ का अध्यक्ष हुन् ।

२०१२ मा स्थापना भएको अर्जुनधारा जेसीजका संस्थापक मध्येका देव यस क्षेत्रका सफल युवा व्यवसायीका रुपमा परिचित छन् ।

फजल इन्टरनेश्नल प्रालि, मेची कन्सट्रक्सन प्रालि, मिलनसार बचत तथा ऋण सहकारीका उपाध्यक्ष, कनकाई रबर ट्रेसका सञ्चालक, अर्जुनधारा नगरपालिका अन्तर्गत रहेको सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य, अर्जुनधारा डाइगोन्क्सि सेन्टरका सञ्चालक सदस्यलगायतका थुप्रै सामाजिक तथा व्यवसाय क्षेत्रमा क्रियाशिल देवले यस क्षेत्रका थुप्रै युवाहरुलाई रोजगारी दिएका छन् ।

नेपाल जेसीजको उपाध्यक्ष पदमा परेका २३ जना मध्ये उनी क्षेत्र ‘क’ बाट एक मात्र उम्मेदवार हुन् । यस क्षेत्रमा जम्मा ३७ वटा शाखा रहेका छन् ।

जेसीजमा जम्मा ४ वटा क्षेत्र रहेका छन् । जस मध्ये दोस्रो धेरै शाखा भएको क्षेत्र हो यो । सबैभन्दा धेरै क्षेत्र घ मा ४२ वटा शाखा रहेका छन् ।

सबै साथी भाइहरुको सहयोग र साथले आफुले उम्मेदवारी दिएको अजय देव बताउँछन् । आगामी दिनमा नेपाल जेसीजलाई थप उचाइमा पुर्याउन आफुले जानेको सीपलाई यहाँ गएर सदुपयोग गर्ने देवले बताए ।

उनले जेसीजमा निर्वाचित भएपछि युवाहरुलाई व्यवसाय क्षेत्रमा उत्साहित बनाउने रणनीतिका साथ अघि बढ्ने बताए ।

उनको एक्लो उम्मेदवारी परेसँगै उनलाई बधाई र शुभकामना दिन समेत थालेका छन् ।