माङसेबुङमा फोनिजको प्रदेश भेला « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

माङसेबुङमा फोनिजको प्रदेश भेला


यलम्वर टाइम्स
७ पुष २०७५, शनिबार ०३:२१

माङ्सेबुङ । आदिबासी जनजाति पत्रकार महासंघको प्रदेश नम्वर १ को भेला ईलाम जिल्लाको माङ्सेबुङमा हुने भएको छ ।

फोनिज केन्द्रिय समितिको निर्णय अनुसार पुसको १७ र १८ गते उक्त भेला हुने भएको बताएका छन् । भेलामा १ नम्बर प्रदेशका जिल्लाहरुका अध्यक्ष लगायतको उपस्थिति रहने जनाइएको छ । केन्द्रिय उपाध्यक्ष लक्की चौधरीको नेतृत्वमा सम्पन्न हुने भेलामा केन्द्रिय पदाधिकारीहरुको उपस्थिति रहने महासचिव मनोज घर्ती मगरले जानकारी दिए ।

भेलाले समावेशी सञ्चार नीतिलाई जोडदारका साथ उठान गर्ने र आफ्नो प्रदेशबाट लागु गर्दै राज्यको केन्द्र नीतिमा समेत समावेश गर्ने दबाव लिने भएको छ भने समानुपातिक विज्ञापन नीति लागु गर्न आग्रह गर्ने भएको छ ।

आदिवासी जनजाति मातृभाषामा प्रकाशित अखबारलाई प्रोत्साहन गर्न प्रदेश सरकारलाई अनुरोध गर्दै आदिवासी जनजातिका सम्पादनबाट प्रकाशित अखबार, रेडियो र अनलाईन साथै टि.भी. लाई प्रदेश सरकारबाट सेवा सुविधाको व्यवस्था गर्नु पर्ने जस्ता मागहरु छलफलमा उठ्ने छन् ।

संघीय सरकारबाट प्रदान गरिएको लोककल्याणकारी सूचना प्रदेश सरकारले पनि सबै सञ्चार माध्यममा प्रदान गर्न नीति निर्माण गर्नका लागि पनि प्रदेश भेलाले छलफल गर्दै अगाडि बढ्ने भएको प्रदेश ईन्चार्च दिपीन राईले जानकारी दिए ।

भेला पछि माङ्सेबुङ्ग धार्मिक स्थलका विषयमा माङ्सेबुङमा रहेका बौद्धिक वर्गहरुसँग छलफल गर्ने र किरात धर्मगुरुसँग भेटघाट गर्ने समेत कार्यक्रम रहेको जनाइएको छ ।