बिर्तामोडको कृषिथोकमा आगलागी « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

बिर्तामोडको कृषिथोकमा आगलागी


यलम्वर टाइम्स
१ भाद्र २०७३, बुधबार ११:३५

aago copyबिर्तामोड / बिर्तामोड स्थित कृषि थोक बजारमा बुधबार बिहान आगलागी भएको छ ।

बुधबार बिहान कबिर साढे ५ बजेतिर विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागी हुँदा बजार क्षेत्रका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । आगलागीका कारण झण्डै दुई करोड मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको वरुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केट भित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायव उपरीक्षक खत्रीले बताए । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलको सामाग्री भने सुरक्षित स्थानमा निकालेको छ ।