आन्तरिक तथा बाह्य स्रोतको परिचालन गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने: प्रम ओली « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

आन्तरिक तथा बाह्य स्रोतको परिचालन गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने: प्रम ओली


यलम्वर टाइम्स
१४ चैत्र २०७५, बिहीबार ११:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन आन्तरिक तथा बाह्य दुवै स्रोत परिचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले आठौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०७५को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताउँदै मुलुक समृद्धिको दिशातर्फ अघि बढिसकेको बताए ।

‘सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न बहुआयामिक विकासमा लाग्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिनेछ ।’

प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताए । ‘सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा म भन्न चाहन्छु हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं । विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानून सजिलो बनाउछौं’ प्रधानमन्त्री ओलीले भने, ‘लगानी प्रवद्र्धन गर्न सरकारको तर्फबाट कुन–कुन ऐन कानून संसोधन गर्नुपर्दछ तपाईंहरुको सुझाव आओस् । सरकारले त्यस्ता कानूनहरुको संसोधन गर्दछ ।’