जनमुक्तिको भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

जनमुक्तिको भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान


यलम्वर टाइम्स
२४ बैशाख २०७६, मंगलवार ०४:३५

झापा । भ्रष्टाचार अन्त्यका लागि कडा संवैधानिक व्यवस्थाको माग गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले देशमा बढ्दो ‘भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान’ सञ्चलान गर्ने भएको छ ।

जिल्ला तथा प्रदेश स्तरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा पार्टीका केन्द्रीय नेताहरुले कार्यकर्ताहरुलाई भ्रष्टाचार विरुद्ध देशव्यापी रुपमा आन्दोलन उठाउनका लागि तयार रहनुपर्ने बताए ।

जिल्ला तथा प्रदेश तहमा प्रशिक्षण सकेर सबै केन्द्रीय पदाधिकारीहरु २५ गतेसम्म काठमाडौं फर्किसक्ने र २७ गतेदेखि ‘कार्य सम्पादन समिति’ को बैठक बस्ने पार्टी सचिवालयले जानकारी गराएको छ ।

बैठकले पार्टीद्वारा सञ्चालन गरिने अभियानलाई अन्तिम रुप दिई घोषणा गर्ने बताइएको छ ।

यसैबीच नयाँ शक्ति पार्टी, फोरम, राजपा र राष्ट्रिय जनमुक्ति पार्टी बीच पार्टी एकता हुने भनी सञ्चार माध्यमहरुमा आएको समाचार असत्य र भ्रामक रहेको पनि सचिवालयले प्रष्ट पारेको छ ।

पार्टीका अनुसार राष्ट्रिय परिस्थिति र समस्या बारे विभिन्न दलहरुसँग पार्टीको शीर्ष तहले अनौपचारिक भेटघाट र छलफल गरेको र निश्चित मुद्दाहरुमा सहकार्यका सम्भावनाहरु बारे पनि छलफल हुने गरेको छ ।

पार्टी एकताको विषयलाई खण्डन गर्दै एकताको प्रकृया अगाडि बढेको भन्ने गलत समाचार भएको बताइएको छ ।