अर्जुनधारामा सहकारी ऐन तर्जुमा सम्बन्धी अन्तरक्रिया « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारामा सहकारी ऐन तर्जुमा सम्बन्धी अन्तरक्रिया


यलम्वर टाइम्स
९ जेष्ठ २०७६, बिहीबार १०:२२

खुदुनाबारी । अर्जुनधारा नगरपालिकाले आफ्ना नगरभित्रका सहकारीसँग सहकारी ऐन तर्जुमा सम्बन्धि अन्तरक्रिया गरेको छ ।

नगरको सभाकक्षमा आयोजित अन्तरक्रियामा आगामी सहकारी ऐन नियम तर्जुमाका सुझावहरु सहकारीका प्रमुख तथा प्रतिनिधिसँग माग गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगरपालिकाले संकलित सुझावहरु ग्रहण गर्दै आगामी ऐन नियममा प्राथमिकता दिने प्रमुख रानाले बताए ।

कर, दर्ता, नवीकरण, सदस्यता र कार्यक्षेत्र लगायतका विषयहरुमा सुझावको रुपमा आएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रियामा प्रदेश सांसद बृख प्रधान विशेष आतिथि रहेका थिए ।

पाण्डपुर सहकारीका अर्जुन रेग्मी, अर्जुनधारा कृषक सहकारी संस्थाका धनपति खनाल, अयिभान नेपाल सहकारी संस्थाका व्यवस्थापक हरि बाग्ले, साहारा नेपाल सहकारी संस्थाका दिनेश निरौला, साना किसान कृषि सहकारी संस्थाका महाप्रबन्धक गोपी लुइटेल लगायतले सुझावको रुपमा आफ्ना विचार राखेका थिए ।

अर्जुनधारा नगर क्षेत्रलाई कार्य क्षेत्र बनाई सञ्चालनमा रहेका ४६ वटा सहकारी छन् । त्यसमध्ये ३९ वटा सहकारीले अन्तरक्रियामा सहभागिता जनाउँदै सुझावहरु पेश गरेको प्रशासकीय अधिकृत विजयकुमार शर्माले जानकारी दिए ।