बलात्कार प्रयासको आरोपी ९ महिना कैदको फैसला « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

बलात्कार प्रयासको आरोपी ९ महिना कैदको फैसला


यलम्वर टाइम्स
१२ जेष्ठ २०७६, आईतवार ११:२४

झापा । ४३ वर्षीय महिलालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अर्जुनधारा ११ बस्ने २२ वर्षीय विक्रम खवासलाई झापा जिल्ला अदालतले ९ महिना कैद र ५० हजार जरिवानाको फैसला गरेको छ ।

न्यायधिश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले जेठ १० गते सो फैसला गरेको हो ।

०७५ माघ १७ गते बलात्कार प्रयास भएको घटनामा पीडितले माघ १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी गरेकी थिइन् । सोही दिन विक्रम खवासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा माघ १९ गते भएको थियो ।