प्रधानमन्त्री रोजगार कार्यक्रममा अर्जुनधारा वडा नम्बर १० बाट उत्साहजनक सहभागिता « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री रोजगार कार्यक्रममा अर्जुनधारा वडा नम्बर १० बाट उत्साहजनक सहभागिता


यलम्वर टाइम्स
१४ जेष्ठ २०७६, मंगलवार ०७:३५

अर्जुनधारा । अर्जुनधारा नगरको वडा नम्वर १० मा प्रधानमन्त्री रोजगार कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।

२०७६ को बैशाख मसान्तसम्ममा ५ सय ८३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिताका लागि निवेदन दिएको वडा सचिव कृष्ण नेपालले जानकारी दिए ।

धेरै जनाले २०७५ चैत मसान्तसम्ममा नै फारम भर्नु भएको हो, सचिव नेपालले भने, ‘फारम भरेका मध्ये २४ जनाले मात्र बैशाखमा भर्नु भएको हो । चालु आर्थिक वर्षभित्र नै ३० दिनको रोजगारी दिन संघीय, प्रदेश र स्थानीय सरकारबीच सम्झौता भएको छ ।’

अर्जुनधारा १० का कर्मचारी केशव गौतमले अर्जुनधारा नगरपालिकामा वडा नम्वर १० मा सबैभन्दा धेरै जनाले फारम भरेको जानकारी दिए ।

सरकारले के कस्तो काम कहिले दिन्छ भन्ने थाहा नभए पनि रोजगार पाइन्छ भन्ने भएपछि आफुले फारम भरेको स्थानीय झलकराज गौतमले बताए ।

‘फारम भरेका छौं, हेरौं के काम दिनुहुन्छ थाहा छैन’ गौतमले भने, ‘मलाई त टाली मार्वल लगाउने काम दिए राम्रोसँग गर्न जान्दथेँ ।’

उनले सरकारले बरोजगारलाई रोजगारी दिन्छ भन्ने सुनेर फारम भरेको बताए ।