महिला लक्षित बजेटबाटै समुन्न समाज « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

महिला लक्षित बजेटबाटै समुन्न समाज


यलम्वर टाइम्स
१४ जेष्ठ २०७६, मंगलवार ०८:२०

[लीला राई]

चारपाने । लैङ्गिक उत्तरदायी बजेटको अवधारणा विषयक एक कार्यक्रममा अब बन्ने बजेटमा महिलालाई नेतृत्व गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

बिर्तामोड चारपाने स्थित पर्शुराम पाटी प्यालेसमा आयोजित कार्यक्रममा उपस्थित झापाका स्थानीय निर्वाचित प्रमुखहरु माझ यस्तो कुरा उठेको हो ।

कार्यक्रममा सामाजिक सांस्कृतिक परिवर्तन गर्नुपर्छ भने महिलालाई उच्च प्राथमिकतामा राखेर गरिने विकास तथा वातावरणीय कार्यक्रमले समुन्नत समाजको विकास हुने बताए ।

कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्लेले राजनीतिले एउटा स्थिर बाटो लिइसकेको अवस्थामा अब सामाजिक मुखी काममा नेतृत्व वर्ग लाग्नु पर्ने जोड दिए ।

उनले अगाडि भनिन्, ३३ प्रतिशत महिलाको हक हित भनी उल्लेख गरिए पनि कतिपय कार्यमा बञ्चित गरिएको हुँदा स्थानीय सरकार महिलामाथि उत्तरदायि हुनुपर्ने जोड दिइन् ।

कार्यक्रममा सम्वाद समूहकी सदस्य तथा एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकालले अधिकांश महिलाहरुको चेतना सामाजिक विभेद र आर्थिक उन्नति हुन नसक्दा हेपिएको छ । यसलाई उठान गर्नुपर्न पालो स्थानीय सरकारको भएको बताइन् ।

सम्वाद महिला समूले आयोजना गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले विभेदको अन्त्य गर्नुपर्छ भने महिलाहरुलाई अगाडि सारेर नै गर्दा उत्तम हुने जानकारी दिए ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले आर्थिक उन्नतिमा महिला सशक्त भए महिला विभेद अन्त्य भएर जानेमा दुइमत नरहने जानकारी दिए ।

नेकपाकी महिला नेतृ लक्ष्मी न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्वको विषयमा गोविन्दराज पौडेलले सहजीकरण गरेका थिए ।

सारदा रिजालले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुशिला ढकालले नगर वा गाउँपालिकाका गरिएका बजेट महिला मैत्री हुन नसकेको बताउँदै यतिका स्थानीय तहका प्रमुखहरु उपस्थित भएको बेला झापामा महिलामाथि गरिने विभेद अन्त्य हुन माग गरेकी थिइन् ।

संगीता रौनियारले सञ्चालन गरेको कार्यक्रममा शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, हल्दिबारी गाउँपालिकाका प्रमुख रविन्द्र लिङ्देन, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, शिवसतासीकी उपप्रमुख भोजकुमारी नेपाल, निम्सरी राजवंशी, दिपेन्द्र थापा, मिरा पोखरेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।