स्वास्थ्य केन्द्र अर्जुनधाराकी मेडिकल अधिकृत डा. सुशीलाको निधन « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

स्वास्थ्य केन्द्र अर्जुनधाराकी मेडिकल अधिकृत डा. सुशीलाको निधन


यलम्वर टाइम्स
३ असार २०७६, मंगलवार ११:४९

अर्जुनधारा । थुप्रै बिरामीलाई स्वास्थ्य सेवामा सन्तुष्ट प्रदान गर्दै आएकी २८ वर्षीया एक डाक्टरको निधन हुन पुगेको छ ।

आफू अस्वस्थ रहँदा पनि आउने बिरामीलाई सहजता प्रदान गर्दै आएकी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको रुपमा कार्यरत डाक्टर सुशिला यादवको बिर्तामोड ५ स्थित ३२ गते शनिबार आमासयको क्यान्सरबाट ग्रसित भई उपचारका क्रममा निधन भएको थियो ।

केही वर्ष अघिबाट उनलाई क्यान्सर (अर्बुद) जस्तो प्राण घातक रोगले च्यापिरहँदा पनि रोगको सामना गर्दै स्वास्थ्य केन्द्रमा आएका बिरामीको मनोबल बढाउन दिनरात तल्लिन थिइन् ।

बाहिरबाट आउने जो कोही बिरामी उनलाई हेरेर निको हुने सहास गर्थे । नगरका नगर प्रमुख हरिकुमार राना पनि डाक्टर यादवको सहासलाई सम्मान गर्नुपर्छ भन्दै सहानुभूति प्रदान गर्दै आएका थिए ।

डाक्टर यादवलाई रोग देखा परेपछि दिल्लीको मेदान्तमा उपचारपछि बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार गराउँदै आइरहेकी थिइन् । उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा हाजिर भइन् ।

एमवीवीएस गरेकी डाक्टर यादव उपचारकै क्रममा निधन भएको प्राथमिक उपचार केन्द्रका डम्बर बल्लभले यलम्वर टाइम्सलाई बताए ।

डाक्टर यादवका आमाबुबा र दुई दाजुभाइ छन् । उनको निधनमा अर्जुनधारा नगरपालिकाले १ दिन बिदाको घोषणा समेत गरेको थियो ।

डाक्टर यादवले केही समय काठमाडौं नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा समेत काम गरेकी थिइन् ।