भ्रष्टाचार विरुद्धको अभियानलाई सम्बोधन गर्न अध्यक्ष केपी शनिश्चरे आउँदै « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

भ्रष्टाचार विरुद्धको अभियानलाई सम्बोधन गर्न अध्यक्ष केपी शनिश्चरे आउँदै


यलम्वर टाइम्स
७ असार २०७६, शनिबार ०३:०१

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीले आज शनिबार भ्रष्टाचार विरुद्धको अभियान शनिश्चरेमा गर्ने भएको छ ।

अभियानका झापा संयोजक राज राईका अनुसार अभियानलाई सम्बोधन गर्न पार्टी केन्द्री अध्यक्ष केपी पालुङ्वा आउने भएका छन् ।

अर्जुनधाराको शनिश्चरे बजार देवकोटा चोकमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन गर्ने भएका छन् ।

सत्ता पक्षका पृष्ठपोषकबाट तिनका प्रतिनिधिहरुले हरेक क्षेत्रमा भ्रष्टाचार जस्ता कार्य गरेको हुँदा त्यस्तालाई सचेत गराउन अभियान अगाडि आएको बताएका छन् ।

भ्रष्टाचारीको सम्पत्ति राज्यको मूल ढुकुटीमा ल्याउनुपर्ने, भ्रष्टाचारीलाई चारपाटा कसेर देश बाहिर निकालिनुपर्ने जस्ता आवाज जनमुक्तिले उठाउँदै आएको छ ।

अधिराज्यभरि चलाइएको अभियानले भ्रष्टाचारी सचेत र सजग गराउन पनि यो अभियान अगाडि सारिएको पार्टी जिल्ला अध्यक्ष पर्शुराम मगरले जानकारी दिए ।

उनका अनुसार दल सानो भए पनि यसले उठाएका जाहेज मागप्रति जनताको समर्थन जुट्दै आएको छ ।

हस्ताक्षर अभियानमा अधिकांश मानिसहरु सही गर्दै भ्रष्टाचारीलाई मृत्यु दण्ड दिनुपर्छ भन्दै भावना पोखेको समेत अध्यक्ष मगरले जानकारी दिए ।