भ्रष्टाचार विरुद्धको अभियानमा हस्ताक्षर गर्ने वृद्धहरु बढि « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

भ्रष्टाचार विरुद्धको अभियानमा हस्ताक्षर गर्ने वृद्धहरु बढि


यलम्वर टाइम्स
२८ असार २०७६, शनिबार ०३:५७

खुदुनाबारी । भ्रष्टाचार विरुद्धको अभियानमा उत्साहित भएर हस्ताक्षर गर्नेमा वृद्धिहरु बढी देखिएका छन् ।

केही दिनअघि खुदुनाबारीको आईतबारे बजारमा राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्दा हस्ताक्षर गर्नेहरुमा अधिकांश वृद्धहरु देखिएको हो ।

पञ्चायतकालमा पनि भ्रष्टाचार हुन्थ्यो तर, बोल्न पाइँदैन थियो, बहुदलमा पनि भ्रष्टाचारीहरु त्यतिकै देखापरे कारवाही हुँदैन थियो । लोकतन्त्र आउँदा पनि भ्रष्टाचारीहरु यसरी नै मौलाएको हुँदा यिनीहरुलाई देश निकाला गर्नुपर्ने जस्ता आवाज वृद्धहरुले राखेका थिए ।

अभियानमा खुदुनाबारीका बुद्धिजीवि तथा ज्येष्ठ नागरिक लक्ष्मी इङ्नामले देशलाई कंगाल बनाउनेहरुलाई त्यसै छाड्न नहुने, कुम्ल्याएका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।

अभियानका संयोजक राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा महिला नेतृ मीना पन्धाकले संघीय तहदेखि स्थानीय तहसम्म आर्थिक भ्रष्टाचार हुने बताउँदै खबरदारी गर्न अभियान सञ्चालन भएको बताइन् ।

उनले अगाडि भनिन्, ‘हामी साना दल भएर भ्रष्टाचारीको विरोध गर्दा संघीय सरकार कान ठाडो पार्दैन भने मुलुकमा विद्यमान भएको भ्रष्टाचार गतिविधिलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय शक्तिसम्म आव्हान गर्नेछौं ।’

कार्यक्रममा प्रदेश सचिव कृष्ण थेवे, नगर अध्यक्ष दिलीप राई, झलक याम्फू, जिल्ला अध्यक्ष पर्शुराम मगर, तिलसिंह माङ्मु लिम्बू लगायतले सम्बोधन गरेका थिए ।

यसरी नै “भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान” रुपन्देहीको सैनामैना नगरपालिका लुम्बिनी गेट चोकमा सम्पन्न गरेको छ ।

पार्टीको नगर अध्क्षय मुक्तबहादुर थापा मगरको सभापतित्वमा शुरु भएको हस्ताक्षर तथा कोण सभालाई सम्बोधन गर्न राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य एवम् भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियानका रूपन्देही संयोजक भीमबहादुर राना आएका थिए ।

उनले हस्ताक्षर संकलन कार्यक्रममा बोल्दै भ्रष्टाचार विरूद्ध फैसला गर्ने छुट्टै विशेष अदालतको व्यवस्था संवैधानिक व्यवस्था हुनु पर्ने बताए ।

‘भ्रष्टाचार विरूद्ध कडा कानून निर्माण गर्ने महान लक्ष्य सार्थक बनाउन भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान अन्तर्गत जनताको हस्ताक्षर संकलन कार्यक्रम अगाडि बढाएका हौं’ ५ नम्बर प्रदेश उपाध्यक्ष धनी आलेले अगाडि भने, ‘भ्रष्टाचारीलाई देशद्रोही घोषणा गरि कम्तीमा जन्मकैद हुने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण हुने संवैधानिक व्यवस्था हुनुपर्छ ।’

हस्ताक्षर अभियानमा संघीय परिषद सदस्य छत्र दर्लामी, प्रदेश अध्क्षय झमबहादुर गुरुङ्ग, उपाध्क्षय धनी आले, रुपन्देही जिल्ला अध्क्षय प्रेम बहादुर थापा र नगर अध्यक्ष थर्कबहादुर बर्हघरे लगायतका नेताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिब रिना थापाले गरेकी थिइन् ।