विल्भरह्याम्पटन सिटीकी प्रमुख डार्गेले अर्जुनधारा आउँदै « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

विल्भरह्याम्पटन सिटीकी प्रमुख डार्गेले अर्जुनधारा आउँदै


यलम्वर टाइम्स
११ श्रावण २०७६, शनिबार ०४:३५

अर्जुनधारा । बेलायतको विल्भरह्याम्पटन सिटीकी प्रमुख मेडम क्लेयर डार्गेले चाँडै नेपालको अर्जुनधारा नगरपालिका भ्रमण गर्न आउने भएकी छिन् ।

नगर प्रमुख राना र प्रशासकीय प्रमुख पंकज भुर्तेलसँग बेलायतको विल्भरह्याम्पटन सिटीमा भएको निमन्त्रणालाई स्वीकार्दै नेपाल भ्रमणसँगै अर्जुनधारा आउने भएकी हुन् ।

प्रमुख रानाका अनुसार भ्रमणका लागि निमन्त्रणा गरिएको छ, अर्जुनधाराको भौगोलिक बनावट, प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय स्थललाई मध्यनजर गर्दै उनी आउने भएकी हुन् ।

एक साताको भ्रमणपछि स्वदेश फर्केका नगर प्रमुख रानाले नगरको वार्षिक गतिविधिसँगै बेलायतको भ्रमणका विषयमा पत्रकार माझ प्रकाश पार्ने बताए ।

बेलायतबाट फर्केपछि अस्वास्थ्यताका कारण थेरापी गर्दै काठमाण्डौमै उपचारमा रहेका प्रमुख राना मंगलबारबाट कार्यकक्षमा उपस्थित रहने जनाए ।