वडा सदस्य नेम्वाङले फेसबुकबाटै सार्वजनिक गरे वडाको गतिविधि « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

वडा सदस्य नेम्वाङले फेसबुकबाटै सार्वजनिक गरे वडाको गतिविधि


यलम्वर टाइम्स
१९ श्रावण २०७६, आईतवार ०८:४५

सामाजिक सञ्जालको सही सदुपयोग

तटबन्धन गरिएको ठाउँ अवलोकन गर्दै वडा सदस्य सन्तोष नेम्वाङ ।

अर्जुनधारा । अर्जुनधारा वडा नं. ७ का जनप्रतिनिधि ऐतराज नेम्वाङ (सन्तोष)ले आर्थिक वर्ष २०७५।०७६ मा वडाले गरेका सम्पूर्ण विकासे गतिविधिहरु सार्वजनिक गरेका छन् ।

वडा सदस्य नेम्वाङ आफ्नो फेसबुक एकाउन्टको सदुपयोग गर्दै वडावासी तथा नगरका आम नागरिकसम्म वडाको गतिविधि पुर्याउने उद्देश्य सार्वजनिक गरेका हुन् ।

नेम्वाङले नगरबाट विनियोजित रकमबाट वडा कार्यालयले सानादेखि ठूला योजनाहरु हरतरहले सम्पन्न गर्ने प्रयास गरेको बताएका छन् ।

उनले वडाबाट भए गरेका कामहरुको मूल्याङ्कन वडावासीले नै गर्नुभएको होला भन्दै ताली वा गाली जनताकै हातमा छाडेको बताए ।

उनले फेसबुकबाटै आगामी दिनमा अझ सशतm भएर वडाको विकासमा हाजिर हुने वाचा पनि गरेका छन् ।

उनले फेसबुकमार्फत माफी माग्दै लेखेका छन्, ‘योजनाको दौडादौडीमा हामीबाट केही गल्ती भयो होला । आफूहरुबाट कमी कमजोरी भए क्षमा माग्दै ०७६।७७ मा अधुरा छाडिएका कार्यहरुलाई निरन्तरता दिनेछौं ।’

यो सँगै उनले केही तस्वीरहरु पनि सार्वजनिक गरेका छन् । वडा सदस्य नेम्वाङले वडाले बाटोको स्तरोन्नति गर्दै गरेको, खोलामा तटबन्ध गर्दै गरेको, नाला निर्माण लगायतका काम गर्दै गरेका तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले वडाको हितलाई ध्यानमा राखेर वडाध्यक्ष नविन ढुंगानासहित अन्य सदस्यहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने पनि बताए ।