विकासका बाधकलाई हट्न सरकारको चेतावनी « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

विकासका बाधकलाई हट्न सरकारको चेतावनी


यलम्वर टाइम्स
१५ भाद्र २०७६, आईतवार ०६:१६

झापा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हट्न चेतावनी दिएकी छिन् ।

काम नगर्ने ठेकेदारका दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको बताइन् ।

‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् ।’ उनले भनिन्, ‘सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ ।’

स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गित प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्नेभन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन् ।