चीन भ्रमणबाट नयाँ ऊर्जा « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

चीन भ्रमणबाट नयाँ ऊर्जा


यलम्वर टाइम्स
१८ आश्विन २०७६, शनिबार ०४:२१

अर्जुनधारा । चीन भ्रमणको एक साता अध्यायन अवलोकनपछि फर्केकी उपप्रमुख कमला आचार्यले भ्रमण फलदायी भएको बताएकी छिन् ।

भ्रमणपछि यलम्वर टाइम्ससँग कुराकानी गर्दै अर्जुनधारा नगरपालिकाकी उपप्रमुख आचार्यले संघीय सरकारबाट नीति निर्माण गरी कडा रुपमा प्रदेश तथा स्थानीय सरकारलाई अधिकार दिए विकास हुनेमा ठोकुवा गरिन् ।

उनले अनुभाव सुनाउँदै भनिन्, ‘चट्टान नै चट्टानले भरिएको चीन बाहिरबाट मलिलो माटो झिकाइ गरेको खेतीले विश्वलाई चकित बनाएको छ । त्यहाँ फेसबुक र ट्वीटर चल्दैनन् । कोही पनि काम नगरी बस्दैनन् । त्यहाँका बालबालिकाहरु पनि फुर्सद भए काम र शिक्षाका विषयमा केन्द्रीत हुन्छन् । त्यसैले तपाई हामी सबै मिहेनति भयौं भने देश आफै विकासको गतिमा जानेछ ।’

युनानको पुनमिन शहरको ताली नगरपालिकामा नेपालबाट प्रतिनिधित्व हुनेलाई प्रशिक्षण दिलाइएको थियो ।
प्रशिक्षणमा विकास र समृद्धिका विषयमा सहजता गरेका थिए ।

विभिन्न क्षेत्र गरी २९ जना सहभागि भएको कार्यक्रममा सागर न्यौपाने र सोम मिश्रले भाषाको सहजता गरेका थिए ।