असाहयहरुलाई सहाराका कर्मचारीद्वारा दशैं कपडा « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

असाहयहरुलाई सहाराका कर्मचारीद्वारा दशैं कपडा


यलम्वर टाइम्स
१९ आश्विन २०७६, आईतवार ०९:४३

अर्जुनधारा । विपन्न समुदायका लागि अभिभावक बन्दै आएको सहारा नेपाल फेरि एक पटक आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गरेको छ ।

सहारा नेपालमा कार्यरत कर्मचारीहरुले आफ्नो कमाईको केही रकमबाट बुधबार शनिश्चरे स्थित देवकोटा चोकमा आफ्ना समूह मातहतका अपाङ्ग, एकल, दलित तथा विपन्न परिवारका ११ महिला सदस्यहरुलाई दशैंका कपडा वितरण गरेको थियो ।

‘यसपालिको दशैं सहारा कर्मचारीसँगै’ भन्ने नाराको साथ आयोजना गरिएको कार्यक्रममा भद्रिमाया बसेल, दुखनी दनुवार, उर्मिला सुब्बा, बुद्धमाया चौधरी, सुबुलदेवी रजत, तीर्थमाया दर्जी, भदवी दनुवार, अकाली चौधरी, राधिका दर्जी र देवीमाया दर्जीलगायतलाई एक सरो कपडासहित दशैं खर्च वापत जनही रु. ५ सय प्रदान गरेका थिए ।

सेवामा पनि सहाराको कर्मचारी समर्पित छ भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शाखा प्रमुख लक्ष्मी रिजालले बताए ।

कार्यक्रममा सहाराकी प्रोग्राम म्यानेजर पुष्पाञ्जली ठकुरी सिन्हाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।