जलेश्वरधाममा यस पटक किरात गुरु आत्मानन्दको आगमन हुने « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

जलेश्वरधाममा यस पटक किरात गुरु आत्मानन्दको आगमन हुने


यलम्वर टाइम्स
२ कार्तिक २०७६, शनिबार ०५:१९

अर्जुनधारा । पूर्वको पशुपतिनाथले स्थापित अर्जुनधारा जलेश्वरधाममा किरात धर्म गुरु अङ्सीमाङ मुहिङ्गुम आत्मानन्द सेइङ तथा मुहिङ्गुम अङ्सीमामाङ पवित्राहाङमा सेइङको आगमन हुने भएको छ ।

मंसिर २ गतेबाट जलेश्वरधामको ३७ औं अनुष्ठानको पूर्व उद्घाटन सन्ध्यामा गुरु मुहिङ्गुम आत्मानन्द सेइङको आगमन हुने भएको जनाइएको छ ।

धामले यसपटक मानव सेवामा समर्पित परोपकारी काम गर्न लागेको सुन्न पाउँदा आत्मा आनन्दित भएकोले धामको अनुरोधलाई स्वीकार्ने गुरु आत्मानन्दका स्वास्थ्य सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

धामले यसअघि नै गुरु आत्मानन्द सेइङलाई पदार्पण गराउने लक्ष्य राख्दै आएको थियो । गत बुधबार धाम समिति र किरात धर्मबाट सम्मानित सदस्य दिपीन राई, गुरु स्वास्थ्य सचिव खगेन्द्र लिङ्देन र गुरु निजी आश्रम कृषि उपसमितिका केन्द्रीय सदस्य लक्ष्मी इङ्नामको उपस्थितिमा भएको छलफलमा गुरु आत्मानन्द सेइङलाई आगमन गराउने अनुरोध गरेको थियो ।