भानु माविमा बालअधिकार चेतना समूह गठन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

भानु माविमा बालअधिकार चेतना समूह गठन


यलम्वर टाइम्स
२७ कार्तिक २०७६, बुधबार ११:२५

अर्जुनधारा । बालबालिकाहरुको क्षमता विकास गर्दै बालअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयमा बालअधिकार चेतना समूह गठन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (र्ईएलपी) कार्यक्रम अन्तर्गत मंगलबार आयोजित कार्यक्रममा मोनिका थापाको अध्यक्षतामा १३ सदस्यीय समूह गठन भएको हो ।

मंगलबार विद्यालयको सभाहलमा भएको कार्यक्रममा समितिको उपाध्यक्षमा स्वस्तिका खड्का, सचिव असिम विश्वकर्मा, सहसचिव भिषण राई, कोषाध्यक्ष सविना बुढाथोकी चयन भएकी छिन् ।

यसरी नै सदस्यहरुमा शिक्षा बुढाथोकी, रिया विश्वकर्मा, अस्मिता दनुवार, प्रविन चौधरी, अमन गुप्ता, विशाल बस्नेत, मनिष ठटाल, आयुषा थापा रहेकी छिन् भने नवगठित समूहको संरक्षकमा शिक्षक तेजस्वी पौडेल रहेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारती रहेका थिए ।

कार्यक्रमको उद्घाटन समयमा प्रमुख अतिथि भारतीले पढ्न, लेख्न, खेल्न पाउनु प्रत्येक बालबालिकाको अधिकार भएको हुँदा त्यसको संरक्षण, सम्वद्र्धन गर्नु आफ्नो कर्तव्य भएको बताए ।

‘संविधानमै बालअधिकारको संरक्षण गरिने भनिएकोले हामी हाम्रो वडामा कुनै पनि बालबालिका उनीहरुको अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने सवालमा सचेत रहेका छौं ।’ कार्यक्रममा बोल्दै अध्यक्ष भारतीले अगाडि भने ‘कुनै पनि बालबालिका भोका नाङ्गा भएमा त्यसको संरक्षण गर्ने जिम्मा स्थानीय तहको पनि हो भन्ने कुरामा हामी प्रतिवद्ध छौं ।’

उनले नवगठित समितिको वृद्धि र विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपक दाहालले आफ्नो विद्यालयमा यस्ता कार्यक्रम ल्याइदिएकोमा इन्सेकलाई धन्यवाद दिए ।

प्रअ दाहालले विद्यालयमा कार्यरत शिक्षक, इन्सेक कार्यक्रम आगामी दिनमा रहे नरहे पनि गठन भएको बालअधिकार चेतना विद्यालय रहेसम्म रही रहने बताए ।

पूर्व वडाध्यक्ष डेगनाथ खतिवडा, शिक्षक देवीप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षकहरु भोजराज फुयाँल, तेजस्वी पौडेल लगायतको आतिथ्य रहेको थियो ।

मानव अधिकार समूह अर्जुनधाराकी सहसचिव सुभद्रा गेलालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहजकर्ता राजन राईले गरेका थिए ।