सहारा सदस्यहरुको आफ्नै घरः उपाध्यक्ष सुब्बा « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

सहारा सदस्यहरुको आफ्नै घरः उपाध्यक्ष सुब्बा


यलम्वर टाइम्स
२ पुष २०७६, बुधबार ०३:५०

[राजन साम्पाङ]

अर्जुनधारा । सहारा नेपालका उपाध्यक्ष पवित्रा सुब्बाले सहारा नेपाल शेयर सदस्यहरुको आफ्नै घर भएको बताएकी छिन् ।

शनिश्चरे शाखाको प्रतिनिधि छनौट तथा साधारणसभालाई सम्बोधन गर्दै यस संस्थासँग आवद्ध भएपछि ५८ किसिमको सेवा सुविधा प्रदान गरेको हुँदा संस्थालाई आफ्नै घर सम्झे फरक नपर्ने बताइन् ।

अर्जुनधारा–७ स्थित पितृ भवनमा भएको भेलामा उपाध्यक्ष सुब्बाले सहारा नेपालको वार्षिक प्रतिवेदन ०७५÷७६ र नीति तथा कार्यक्रम ०७६।७७ वाचन गरेकी थिइन् । शेयर सदस्यहरुलाई सेवा दिँदै मुनाफाको बाटोमा दौडिएको सहारा २३ औं वार्षिकोत्सवसम्म आइपुग्दा शेयर महानुभावहरुको भावनामा बस्न सफल र अन्य संगठनसँगको मित्रतामा दरबिलो संस्था बनेको बताइन् ।

उनले अगाडि भनिन्, ‘जिम्मेवार संस्था भएको हुँदा विभिन्न क्षेत्र गरी ३६ ठाउँमा प्रतिनिधि छनौट कार्य हुँदैछ ।’

कार्यक्रममा शनिश्चरे शाखाका प्रबन्धक लक्ष्मी रिजालले यस शाखाका सदस्यहरु कुनै न कुनै ढंगबाट पीडित बन्न पुगेका २१८ जनालाई सेवा प्रदान गरेको प्रस्ट्याए ।

प्रबन्धक रिजालका अनुसार शेयर सदस्य भइ मृत्युवरण गरेकादेखि लिएर सुत्केर भत्ता, सुत्केरी पोषण, सर्पदंश भएका, घर आगलागी भएका, कुकुर विरालो बाँदरले टोकोके, हात खुट्टा भाँचिएको, दशकर्म खर्च जस्तामा सहाराले १२ लाख ३० हजार सेवा प्रदान गरेको छ ।

त्यतिमात्र होइन प्रबन्धक रिजालले भने, ‘महिलामा देखिने भीआईए टेष्ट, आँखा अप्रेशन, कुखुरा पालन, बाख्रा पालन, ज्येष्ठ नागरिक सचेतना र सदस्य स्वागत कार्यक्रम समेत गरिएको छ ।’

केन्द्रकी उपाध्यक्ष पवित्रा सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शाखा अध्यक्ष शंकर सुवेदीले गरेका थिए ।

सुवेदीले स्वागत मन्तव्य राख्दै अगाडि भने, शेयर सदस्यको तागतबाट बनेको संस्था सहारा भएको हुँदा यस संस्थाले ज्येष्ठ नागरिक हुँदासम्म अझ सहुलियत प्रदान गरेर दशकर्मसम्मका लागि सेवा दिएको हुनाले शेयर सदस्यहरुको गृह भएको प्रस्ट्याए ।

नरहरि न्यौपाने र लक्ष्मण खतिवडाद्वारा संयुक्त रुपमा सञ्चालित कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईले सहकारी नीतिमा अग्रगति र लोकतान्त्रिक ढाँचामा चलेको संस्था सहारा भएको हुँदा प्रगतिको कामना गर्दै सभालाई शुभकामना दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता लक्ष्मी शिवाकोटी, उत्कृष्ट ऋणी अप्सरा खातुन, उत्कृष्ट उद्यमी भावना खतिवडालाई शेयर सदस्यहरुको माझबाट सम्मान गरिएको थियो ।

सभामा संस्थालाई अगाडि बढाउने विषयलाई लिएर छलफल समेत आयोजना गर्दै प्रतिनिधि छनौट गरिएको थियो ।