अर्जुनधारामा नशा रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारामा नशा रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर


यलम्वर टाइम्स
५ पुष २०७६, शनिबार १५:२८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा नशा रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

साहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तथा अर्जुनधारा नगरपालिकाको आयोजनामा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

नशा चेपिएको, टाउकोमा पानी जमेको, छारे रोग, जिउ काम्ने, प्यारालाइसीस लगायतका समस्या भएका एक सय ४८ जना बिरामीले ओपीडीको सेवा लिएको साहारा नेपाल साकोस शनिश्चरेका प्रबन्धक निर्देशक लक्ष्मीप्रसाद रिजालले जानकारी दिए ।

बीएण्डसी मेडिकल कलेज बिर्तामोड, अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौं तथा फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरको वडा ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईको अध्यक्षतामा भएको थियो ।

नगर प्रमुख हरिकु्मार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साकोसका शनिश्चरे संयोजक शंकर सुवेदीले स्वागत गरेका थिए ।

शिविरमा बीएण्डसी का न्युरो सर्जन डा. दिनेशकुमार थापाको बिशेष आतिथ्यता रहेको थियो ।