मन्त्री नेम्बाङद्वारा कलङ्की–नागढुंगा सडकको अनुगमन « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

मन्त्री नेम्बाङद्वारा कलङ्की–नागढुंगा सडकको अनुगमन


यलम्वर टाइम्स
१४ पुष २०७६, सोमबार ०६:५७

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् ।

मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाएका नेम्बाङले यस खण्डको स्थलगत निरीक्षण गरेका हुन् । उनले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् ।

नागढुंगा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै अनुगमनमा निस्किएका हुन् ।

अनुगमनमा काठमाण्डौ क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी रहेका थिए ।

स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाण्डौ सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमूखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देनशन दिए ।

मन्त्री नेम्बाङको सक्रियतामा चाबहिल गौशला सडक खण्ड बाहेक चक्रपथभित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ ।

चावहिल गौशला सडक खण्ड मर्मत भन्दा पनि पुरै निर्माण गर्नु पर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।