मुख्यमन्त्री राईद्वारा तमु ल्होसार र चाक्चाकुरको शुभकामना « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

मुख्यमन्त्री राईद्वारा तमु ल्होसार र चाक्चाकुरको शुभकामना


यलम्वर टाइम्स
१५ पुष २०७६, मंगलवार ०५:२२

विराटनगर । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुवै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो ।

यी दुवै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु, मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ ।

यी चाडले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।