अपराध न्यूनिकरण गर्न प्रहरी प्रमुख कोइरालाको छुट्टै नीति « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

अपराध न्यूनिकरण गर्न प्रहरी प्रमुख कोइरालाको छुट्टै नीति


यलम्वर टाइम्स
२० पुष २०७६, आईतवार ११:१४

चन्द्रगढी । झापामा सरुवा भइ आएका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले अपराध न्यूनिकरण गर्नका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

प्राविधिक युगमा प्रविधिलाई प्रयोग गर्दै अगाडि बढे अपराध न्यूनिकरण हुनका साथै न्यायको उचित फैसला गर्न सजिलो हुने जनाए ।

जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान पत्रकार सम्मेलन गर्दै प्रत्येक शहरमा वा टोलमा सीसी क्यामेरा जडान गरेर अगाडि बढ्न सके अपराधि पत्ता लगाउनका साथै सजक हुने बाटोमा समाज जाने प्रमुख कोइरालाको ठम्याइ थियो ।

न्यून जनशक्तिलाई प्रयोग गरेर अगाडि बढ्न कठिन हुने हुँदा २१ औं शताब्दीमा प्रविधिलाई प्रयोग गरेर अगाडि बढे सरलता र सजकता हुन जान्छ । त्यसैले स्थानीय सरकारसँग हातेमालो गर्दै काँकरभिट्टा, बिर्तामोड, सुरुङ्गा हुँदै दमकसम्म सीसी क्यामेराको व्यवस्था गरेर जाने जनाए ।

उनले दुर्घना न्यूनिकरणमा रातो गाडीबाट तीव्र गतिका कारण हुने दुर्घटनालाई न्यूनिकरण गर्न टायम कार्डको व्यवस्था गर्ने छलफल भइरहेको र निजी सवारी साधनमा क्यामेरा जडान गरि अघिपछि हुने दुर्घटनाबाट जोगिन अनुरोध गर्ने बताए ।

झापा जिल्ला आफैमा सचेत जिल्ला भएको हुनाले यी माथिका कामहरु सहज ढंगबाट समाधान गर्ने विश्वास रहेको बताए ।

चोरी पैठारी र तस्करलाई न्यूनिकरण गर्नका लागि सम्बन्धित युनिटसँग छलफल गर्दै जाने र लागू पदार्थलाई कडाइ गर्न पारीका सम्बन्धित प्रशासनसँग छलफल गर्दै विद्यालय स्तरमा जनचेतनाका कार्यहरु गर्ने बताए ।

आफ्नै कार्यकालमा सबै काम गर्न प्रयास रहने यस्तो कार्यलाई सञ्चार तथा आम बुद्धिजीविहरुको सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रमुख कोइरालाले गाईगोरु तस्करी सम्बन्धमा न्यायलयले गाईगोरु व्यापारमा किनबेचको लागि फुकुवा गरे पनि भारत लगेर बेच्नु भन्ने निर्णय नगरेको हुँदा भारतमा लगि बेच्ने प्रक्रियाको कडाइ गर्ने जानकारी दिए ।