महिलाहरुको हित र उन्नतिका लागि उद्यमशिल महिला संघ : बुढाथोकी « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

महिलाहरुको हित र उन्नतिका लागि उद्यमशिल महिला संघ : बुढाथोकी


यलम्वर टाइम्स
१० आश्विन २०७३, सोमबार १२:११

शनिअर्जुन / नेपाल उद्यमशिल महिला संघका केन्द्रीय अध्यक्ष देविका बुढाथोकीले महिलाहरुको हित र उन्नतिका लागि नेपाल उद्यमशिल महिला संघ निर्माण भएको बताएकी छिन् ।

शनिअर्जुनमा सोमबार भएको भेलामा प्रमुख अतिथिको आसनबाट बुढाथोकीले आर्थिक पाटोबाट व्यवसायीक महिलाहरु पछिपरेको कारण उद्यमशिल महिला संघ खोल्नु परेको बताइन् । उनले आफ्नो पालामा सबै महिलाहरुलाई एक बनाएर अगाडी बढाउने र एकता भएका व्यवसायिक महिलाहरुलाई तालिम र समृद्धिका बाटोहरुमा प्रेरणा दिने बताइन् ।

भेलापछि नेपाल उद्यमशिल महिला संघ शनिअर्जुन पुनः निर्माण भएको छ । संघको अध्यक्षमा सरु बुढाथोकी, वरिष्ठ उपाध्यक्षमा देवीमाया पोखरेल दाहाल, प्रथम उपाध्यक्ष गुणा बस्नेत, द्वितिय उपाध्यक्ष बन्दना श्रेष्ठ, महासचिव सुप्रिया बस्नेत, सचिव सुशिला ढकाल काफ्ले, कोषाध्यक्ष बिनिता घिमिरे कोइराला रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा लीला राई, बन्दना बस्नेत, तारा बस्नेत, हेलेन खरेल, रुपा भण्डारी काफ्ले, कमला चौधरी, मन्दिरा नेपाल, रिता नेपाली, गीता श्रेष्ठ रहेका छन् ।