हामी थोरै हौला तर, निर्णायक विचार दिन्छौं: जनमुक्ति « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

हामी थोरै हौला तर, निर्णायक विचार दिन्छौं: जनमुक्ति


यलम्वर टाइम्स
२३ पुष २०७६, बुधबार १२:१८

कनकाई । राष्ट्रिय जनमुक्ति पार्टी कनकाई नगर कमिटीको दोस्रो अधिवेशन कनकाइन नगरपालिका–२ स्थित भुरुङ्गाको मगर संघको भवनमा सम्पन्न भएको छ ।

दोस्रो अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि पार्टी झापा जिल्ला अध्यक्ष पर्शुराम मगरले जनमुक्ति पार्टी विचारले धनी भएको बताए ।

उनले वर्तमान संविधान परिवर्तनका खाकादेखि लिएर संघीय सरकार र प्रदेश सरकारको संरचना निर्माणमा जनमुक्ति पार्टी अडिक रहेको बताउँदै थोरै हौला तर निर्णायक विचार दिन पछि नहट्ने बताए ।

कार्यक्रममा अर्जुनधाराका पार्टी अध्यक्ष दिलीप राईले स्थानीय स्तरमा दुई तिहाईको सरकारले गरेको क्रियाकलाप जनमुक्तिलाई सन्तुष्टि नभएको बताए ।

अधिवेशनमा अग्रज पार्टीका नेता दलबहादुर सिजाली लगायत ५ जनालाई सम्मान गरिएको थियो । बन्दसत्रले नयाँ कार्य समिति चयन गरेको सचिव सुमन मगरले जानकारी दिए ।

समितिका अध्यक्षमा डगमाया मगर, वरिष्ट उपाध्यक्षमा प्रेमबहादुर मगर, उपाध्यक्षद्वयमा तारा मगर, तुलसा मगर, सहसचिवमा सरीता तामाङ, कोषाध्यक्षमा कुमारी राई चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा झलक मगर, सरोज मगर, लीलाबहादुर थापा, ममता मगर, सरीता मगर र आशधन राई चुनिएका छन् ।