एमसीसी प्रयोजन हुँदा राष्ट्रघात नहोस्ः जनमुक्ति उपाध्यक्ष येङदेन « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

एमसीसी प्रयोजन हुँदा राष्ट्रघात नहोस्ः जनमुक्ति उपाध्यक्ष येङदेन


यलम्वर टाइम्स
२६ पुष २०७६, शनिबार ०२:०८

अर्जुनधारा । नेपालमा अमेरिकाद्वारा लगानी गर्ने एमसीसी योजना लागू गर्दा राष्ट्रघात हुने खालको काम नगर्न दुई तिहाई सरकारलाई सुझाएका छन् ।

अर्जुनधारामा जनमुक्तिको सातौं अधिवेशन तयारी पूर्व कार्यकर्ताहरुमाझ आफ्नो भनाइहरु राख्दै पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश येङ्देनले यस्तो धारणा राखेका हुन् । उपाध्यक्ष येङ्देनले राष्ट्रघाट हुने कार्य सरकारमा बस्दै आएका दलहरुबाट पटक–पटक भएको हुँदा एनसीसी योजनाबाट राष्ट्रलाई कति फाइदा हुन्छ या घाटा सर्वपक्षीय दलसँग छलफल गर्न सरकारलाई आग्रह समेत गरे ।

जनताले पाँच वर्षका लागि सत्ता सञ्चालनमा अधिकार दिएकै छन्, अधिकार प्राप्त भयो भन्दैमा जथाभावी राष्ट्रघाती काम गर्न छुट नभएको बताए ।

पार्टी जिल्ला अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यकर्ता भेलामा उपाध्यक्ष येङ्देनले पार्टीको राष्ट्रिय महाधिवशेन बैशाखको पहिलो हप्ता प्रदेश नम्वर १ मै हुने जानकारी दिँदै प्रत्येक जिल्ला, नगर र पालिकामा अधिवशेन सम्पन्न गर्न कार्यकर्ता परिचालन गरिसकेको समेत जानकारी दिए ।

कार्यक्रममा प्रदेश सचिव कृष्णकुमार थेवे, संघीय सदस्य राज खम्बू लगायतको उपस्थिति रहेको थियो ।