दैनिक योग अभ्यास गरे दीर्घ जीवन: प्रमुख राना « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

दैनिक योग अभ्यास गरे दीर्घ जीवन: प्रमुख राना


यलम्वर टाइम्स
२८ पुष २०७६, सोमबार ११:५५

अर्जुनधारा । विभिन्न खानपान र आरामदायी मानसिकता बोकेर बसेको नेपाली समाजको लागि घरैमा बसेर योग अभ्यास गरे स्वास्थ्य भइन्छ भन्ने उद्देश्यले अर्जुनधारामा योग शिविर सञ्चालन भएको छ ।

शिविरको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले कतिपय एलोपेथिक औषधीले काम नगरेकाहरुलाई योगबाट तन्दुरुस्त बनाएको प्रमाण प्रशस्त भएको हुँदा बिहानीपख घरैमा बसेर योग अभ्यास गरिएमा दीर्घ जीवनको लागि उपयोगी हुने बताए ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रानाले कालान्तरमा ऋषिहरुबाट अध्ययन गरि आयुर्वेदिक ओखतीसँगै योगको पनि उत्पादन गरिएको हुँदा आयुर्वेदिक पद्दतिको विश्वास लिनुपर्ने बताए ।

पछिल्लो पटक एलोपेथिक औषधीबाट साइड इफेक्ट देखिएको हुँदा आयुर्वेदलाई विश्वास गर्नुपर्नेमा जोड दिए ।

आफ्नो मन्तव्य राख्ने क्रममा नगर प्रमुख रानाले भने, ‘केही वर्षअघि आयुर्वेदिक पद्दतिबाट मैले थेरापी नगरेको हो भने यसरी हिंड्न सक्ने थिइन् । त्यसैले आफू आयुर्वेद र योग थेरापीमा विश्वास रहेको छ ।’

जिल्ला आयुर्वेदिक केन्द्रको आयोजनामा २६ गतेबाट २ गतेसम्म हुने शिविरको अध्यक्ष केन्द्रका प्रमुख डाक्टर अनिलकुमार यादवको सभापतित्वमा सम्पन्न शिविरमा योग पताञ्जलीका प्रशिक्षक देवीप्रसाद घिमिरे, कैलाशकुमार डाँगी, कृष्ण पौडेल, जीवन विज्ञानका सोमनाथ दाहाल, लक्ष्मी न्यौपाने, लगायतले प्रशिक्षण प्रदान गरेको आयुर्वेदका मनोजकुमार पण्डितले जानकारी दिए ।

अर्जुनधारा जलेश्वरधामको श्रवणहलमा बिहान ५ बजेदेखि ७ बजेसम्म शिविर सञ्चालन हुँदै गरेको समेत पण्डितले बताए ।