वडा–वडामा मन्त्री र सांसदहरुको उपस्थिति « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

वडा–वडामा मन्त्री र सांसदहरुको उपस्थिति


यलम्वर टाइम्स
३ फाल्गुन २०७६, शनिबार ०१:४९

अर्जुनधारा नगर महोत्सव पूर्व तयारी

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सेवामुखी, सचेतना, खेलाडी तथा साहित्यकारलाई प्रोत्साहन सहित कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार इन्द्रपुरी रिसोर्टमा नगरपालिकाले पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष सफल पार्नका लागि वडा–वडामा हुने कार्यक्रममा पशु, स्वास्थ्य, कृषि र योजना शाखाले सेवामुखी कार्यक्रम प्रदान गर्ने भएको हो ।

नगरको ११ वटै वडामा प्रमुख अतिथिको रुपमा प्रदेशका मन्त्री तथा माननीय सांसदहरुको उपस्थिति रहने जनाइएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले कार्यक्रमको विस्तृत जानकारी गराउँदै वडामा हुने कार्यक्रममा फुटबल (महिला तथा पुरुष तर्फ), कविता, भलिबल, एकल गायन, गजल, नृत्य, चेस, टेवलटेनिस, मार्सल आर्ट, ब्याटमिन्टन साथै सांस्कृतिक झाँकी र लोपोन्मुख अवस्थामा पुगेको टपरी गाँस्ने प्रतियोगिता समेत हुने भएको छ ।

वडामा हुने प्रत्येक कार्यक्रममा कृषि शाखाबाट प्राविधिक परामर्श सेवा, बाली उपचार शिविर, विषादी न्यूनिकरण, कृषि प्रविधि सम्बन्धी ब्रोसर वितरण, माटो परिक्षण शिविर ।

स्वास्थ्य शाखाबाट खकार परिक्षण, छाला तथा चर्मरोग अन्तर्गत कुष्ठरोगको शिविर, पाठेघरको परिक्षण, सुगर र मुटुका रोगीहरुको नाम दर्ता, मानव स्वास्थ्य सम्बन्धि प्राविधिक परामर्श सेवा, पोषण सम्बन्धि प्रदर्शनी र प्रयोगशाला सेवा ।

यसरी नै पशुपंक्षी शाखाबाट गोबर जाँच, पशु बन्ध्याकरण, कृत्रिम गर्भाधान सेवा, प्राविधिक परामर्श साथै पशु सम्बन्धि अभिमुखीकरण ।

यसैगरी योजना शाखाबाट अर्जुनधारा नगरपालिकाको हालसम्मको योजना सम्बन्धि जानकारी, प्राविधिक परामर्श सेवा, टोल विकास संस्थाका पदाधिकारीलाई योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम रहने जनाइएको छ ।

नगर महोत्सव पूर्व तयारी कार्यक्रम अन्तर्गत फागुन ४ गते आईतबारका दिन वडा नं. ७ मा हुने कार्यक्रमको प्रमुख आतिथ्यका लागि आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको उपस्थिति रहने जनाइएको छ ।

उक्त कार्यक्रम अर्जुनधारा वडा नं. ७ को अर्जुनधारा खेल मैदानमा हुने भएको पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रम ४ र ५ गते रहने छ ।

यसरी नै फागुन ५ गते वडा नं. १ अन्तर्गत मंगलबारे हटिया शान्ति चोकमा माननीय अमिरबाबु गुरुङ, फागुन ६ गते वडा नं. २, जनता माविमा माननीय जीवन घिमिरे, वडा नं. ३, प्राकृतिक खेलमैदान, कैदलेमा अर्थमन्त्री इन्द्रबहादुर आङबो, फागुन ८ गते वडा नं. ४, जेष्ठ नागरिक मिलन केन्द्र, रातेखालमा राज्यमन्त्री रामबहादुर राना, ९ गते वडा नं. ५, भानु माविमा राज्यमन्त्री जसमाया गजमेर, ११ गते वडा नं. ६ दीपज्योति खेलमैदानमा माननीय धर्मशिला चापागाई, १२ गते वडा नं. ११, महारानीगञ्ज माविमा माननीय पवित्रा निरौला खरेल, १३ गते वडा नं. १०, सिंहबाहिनी प्रावि सेतीपानीमा माननीय झलकसिंह दर्लामी, १४ गते वडा नं. ९, खरबन्दी खेलमैदानमा श्री देवेन्द्र दाहाल, १५ गते वडा नं. ८, शनिश्चरे माविमा माननीय मन्त्री जगदीशचन्द्र कुसियतको उपस्थिति रहने भएको छ ।

पत्रकार सम्मेलन पश्चात् नगर प्रमुख हरिकुमार रानाले विकासको दृष्टिकोणमा अर्जुनधारा र खुदुनाबारी कमजोर देखिएको कारण त्यस क्षेत्रलाई हरेक दृष्किोणबाट समृद्धिको बाटोमा लान यस्ता खाले कार्यक्रमले टेवा पु¥याउँदै भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण कार्य हुने जानकारी दिए ।

उनले वडा–वडाबाट छनौट भएका खेलाडी तथा कला, साहित्य, संस्कृतिका प्रतियोगीहरुलाई नगर महोत्सवमा सामेल गराइने बताए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्य खतिवडाले पहिलो पटक अर्जुनधारा नगरपालिकाले गरेको कार्यक्रम लक्ष्यसँगै पूरा गरेर लैजान सञ्चारको अहम् भूमिका रहने बताइन् । उनले प्रत्येक वडामा हुने कार्यक्रमको तयारी पूरा भएको समेत जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा नगरका प्रवक्ता सकुन्तला बराल, योजना अधिकृत हेमराज सेडाई, लेखा अधिकृत रामचन्द्र घिमिरे, खेलकुद संयोजक अर्जुन मेचे, साहित्य संस्कृति संयोजक सुशिला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।