फाल्गुनन्द कैदले वन बाटिका आकर्षक गन्तव्य « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

फाल्गुनन्द कैदले वन बाटिका आकर्षक गन्तव्य


यलम्वर टाइम्स
७ फाल्गुन २०७६, बुधबार १२:२७

जुकेखाडी । अर्जुनधारा नगरले वडा स्तरमा आन्तरिक पर्यटन महोत्सव मनाइरहँदा वडा नं. ३ ले आकर्षक गन्तव्यका लागि फाल्गुनन्द कैदले वन बाटिकालाई निर्माण गरेर लाने बताएको छ ।

फाल्गुनन्द कैदले वन बाटिकाभित्र बहुधार्मिक, मठमन्दिरसँगै फाल्गुनन्द पोखरी र भुटानी शरणार्थीहरुको सम्झनामा संग्राहलय निर्माण गरिने भएको हुँदा फाल्गुनन्द कैदले वन बाटिकालाई गन्तव्यको रुपमा पुर्याइ छाड्ने अध्यक्ष जीवनकुमार भण्डारीले बताए ।

हरियाली खेल मैदानमा भएको महोत्सवको उद्घाटन विशिष्ट अतिथि संविधान सभा सदस्य प्रेमबहादुर गिरी र नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

उद्घाटनपछि नगर प्रमुख रानाले पर्यटन प्रवद्र्धन गर्न नगरले वडास्तरको कार्यक्रम अगाडि सारेको बताए । कार्यक्रममा उपप्रमुख कमला आचार्यले पर्यटन वर्ष राज्यले मनाउँदै गर्दा यसको अनुभूति प्रदान गर्न गाउँसम्म कार्यक्रम ल्याएको जानकारी दिए ।

नेपाली कांग्रेसका पुण्य ओझा, नेकपाका योगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पर्यटन महोत्सवसँगै कला, सृजना, साहित्य र खेलको समेत प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा रचनात्मक नृत्य तथा खेल प्रदर्शन गरिएको थियो ।

सांस्कृतिक कार्यक्रमका सञ्चालक लजन फ्याँकले गरेको सांगीतिक कार्यक्रम निकै आकर्षक र महत्वपूर्ण रहेको निर्णायक मण्डलीका सदस्य हस्त परियारले जानकारी दिए ।

महोत्सवमा वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, वडा नं. २ का अध्यक्ष रघुनाथ खनाल, प्रशासकीय प्रमुख पंकज भुर्तेल, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत, पशु शाखा प्रमुख पदमलाल राई, महिला नेतृ मीना पन्धाक, सारदा भट्टराई, चलचित्र निर्देशक यादव भट्टराई, जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेल, सशस्त्र प्रहरीका प्रमुख राजविक्रम खड्का, खेल संयोजक अर्जुन मेचे, प्रवक्ता शकुन्तला बराल लगायतको आतिथ्य रहेको थियो ।

सोही दिन नगरबाट प्रदान गरिएका स्वास्थ्य सेवामा २६ जनाको भीआईए परीक्षण, २१ जनाको ल्याव परीक्षण, ११६ लाई पोषण सम्बन्धि जानकारी दिइएको थियो ।

कृषि शाखाका अनुसार ५९ जनालाई सेवा प्रदान गरिएको छ । शाखाबाट २८ जनालाई विषादी वितरण गरिएको कृषि शाखाका दिपक गिरीले बताए ।

महोत्सवमा ५० जनाभन्दा बढीले परामर्श लिएको पशु शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।

वडा सदस्य होम दुलालले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य सीताराम भट्टराईले स्वागत गरेका थिए ।