‘वडाको महोत्सवमा जनताको राम्रो साथ’ « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

‘वडाको महोत्सवमा जनताको राम्रो साथ’


यलम्वर टाइम्स
१९ फाल्गुन २०७६, सोमबार ०८:४०

अर्जुनधारा । वडा–वडामा गरिएका पर्यटन महोत्सवले जनताका जीवीकोपार्जनको लागि वैकल्पिक स्रोतको पहिचान भएको नगर प्रमुख हरिकुमार रानाले बताएका छन् ।

११ वडामा सम्पन्न महोत्सवले वडामा भएका पर्यटन, कृषि, धार्मिक, संस्कृतिसँगै खेलाडीको ऊर्जाशक्तिलाई समेट्ने काम भएको छ । पर्यटन बर्ष २०२०लाई सफल बनाउँदै आन्तरिक पर्यटकीयलाई प्रचार गर्ने उद्देश्यले वडा–वडामा पर्यटन महोत्सव लगिएको हो ।

वडामा गरिएका पर्यटन महोत्सवमा नगरपालिकाको विषयगत शाखाको सेवा समेत प्रवाह गरिएको हुँदा नगरबाट हुने सेवा सम्बन्धित जनताले पाउन् भन्ने लक्ष्यका साथ महोत्सवको सेवा प्रदान गरिएको हो ।

आन्तरिक पर्यटन भित्र्याउने लक्ष्य प्रत्येक पालिकाको हुन्छ नै तर कसरी पर्यटन भित्र्याउने भन्ने तौरतरिका नहुनसक्छ ।

अर्जुनधाराले पर्यटन भित्र्याउनका लागि वडा–वडामा यस्ता कार्यक्रम लगिएको नगर प्रमुख रानाले जानकारी दिए ।

अर्जुनधारा नगरपालिका धार्मिक दृष्टिकोणले अब्बल छ । त्यसमा प्राकृतिक बनोट बनिएका ताल, तलैया, कलासंस्कृति भएको हुनाले यसको समुचित विकासका लागि नगरले आगामी बर्षमा कार्यक्रम ल्याउने समेत जानकारी दिए ।

पर्यटन बर्ष राज्यले सफल बनाउन प्रत्येक पालिकामा अनुरोध गरेसँगै देशव्यापी लागिरहेको बेला अर्जुनधाराले वडा–वडामा गएर कार्यक्रम गर्दा जनताको राम्रो साथ समर्थन पाइएको समेत प्रमुख रानाले बताए ।

हाम्रो नजरमा रहेको आकर्षक बिन्दुहरुलाई वैकल्पिक स्रोतको रुपमा परिचालन गरे आर्थिक पाटो बलियो हुने समेत बुझेको हुँदा नगरमा पर्यटक भित्र्याउनका लागि वडा नं. १को हात्ती हाल, साधुटार, वडा नंं. २ को शिकारी खोल्सी र सहकाले झरना, वडा नं. ३ को फाल्गुनन्द कैदले वन बाटिका, वडा नं. ४ को पाण्डव वस्ती, वडा नं. ५ को ठाकुर मन्दिर, वडा नं. ६ को बहुसंस्कृतिक वस्ती, यसरी नै वडा नं. ७ को पूर्वकै प्रख्यात अर्जुनधारा जलेश्वर धाम, वडा नं. ८ को ऐतिहासिक शनिश्चरे बजार, वडा नं. ९ को सालबारी पार्क, वडा नं. १० को जलकन्या, उर्वरकृषि भूमि र वडा नं. ११ को ऐतिहासिक सालबारी स्थान भएको ठाउँ अर्जुनधाराको पहिचान भएको खुलेको छ ।

वडा–वडामा गरिएका यस्ता खाले महोत्सवले वडावासी, टोल विकास समिति, स्थानीय विद्यालय साथै खेलाडीहरुको पहिचान कायम भएको छ । वडाबाट छनौट भएकाहरुलाई नगर महोत्सवमा उपस्थित गराई प्रतियोगितामार्फत उच्च सम्मान साथै हौसला प्रदान गर्ने काममा नगरपालिका नचुक्ने बताए । चैत २५देखि शुरु गरिने नगर महोत्सवमा व्यापारी, योजना शाखा, लेखा र वडा नं. ७ र ८ सँग छलफल गरेर स्थान चाँडै टुग्याउने समेत नगरप्रमुख रानाले बताए ।

उक्त महोत्सवमा ख्यातिप्राप्त कलाकार साथै खेल विधाका उत्कृष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहने जानकारी दिए ।

वडाभरि गरिएका वडा महोत्सवमा महोत्सव सफल बनाउन स्थानीय वडाअध्यक्ष, टोल समिति, नगरका कर्मचारी, विषयगत शाखाका कर्मचारी, स्थानीय राजनीतिक दल, सामाजिक संघ–संस्थाहरुको योगदान उल्लेख्य भएको बताउँदै सहभागिता सबैप्रति नगरपालिका हार्दिक आभार प्रकट गर्दछ – प्रमुख रानाले भने ।

चैतमा लगाइने महोत्सवमा नगर क्षेत्रका उत्पादित सामाग्रीको प्रदर्शन घरेलु उद्योगबाट उत्पादित साथै साना उद्योगीहरुको सामग्रीहरुको समेत स्टल राखिने जानकारी रानाले दिए ।