छैठौं महाधिवेशनको संघारसँगै जनमुक्तिका नेताहरु जिल्ला दौडाहमा « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

छैठौं महाधिवेशनको संघारसँगै जनमुक्तिका नेताहरु जिल्ला दौडाहमा


यलम्वर टाइम्स
२० फाल्गुन २०७६, मंगलवार १०:०२

धरान । २९ वर्षको विरासत थाम्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं महाधिवेशनको संघारमा पार्टीका केन्द्रीय नेताहरु जिल्ला दौडमा होमिएका छन् ।

०७७ बैशाख ६, ७, ८ र ९ गते सुनसरीको धरानमा हुने ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन नेताहरु जिल्ला दौडाहमा होमिएको सचिवालयले जानकारी दिएको छ ।

पार्टीले उठान गर्दै आएको बहुदलीय लोकतान्त्रिक समाजवाद जनमुक्तिको विचारधारा भएको हुँदा छैठौं महाधिवेशनमा जनमुक्ति विचारधारा सर्वजनिक गर्न विभिन्न देशका बौद्धिक व्यक्तित्वहरुसँग छलफल र परामर्श गरेको समेत सचिवालयले जानकारी दिएको छ ।

काठमाण्डौमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनसँगै जनमुक्ति विचारधारालाई गाउँगाउँ पुर्याउन बौद्धिक व्यक्तिहरुसँग परामर्श गर्दै आएको थियो । जातीय मुक्ति, पूर्ण समावेशी सिद्धान्त र पहिचान सहितको संघीय गणराज्यका लागि बहस चलाउँदै आएको सचिव पदम जवेगुले जानकारी दिए ।

संघीयताको नाममा अन्य वर्ग, सम्प्रदायको वर्चश्व कायम गरि देशलाई बर्वादीको बाटोमा डोहोर्याएको हुँदा सत्ताधारी पार्टीको सिद्धान्त नेपाललाई सुहाउँदो खालको नभएको भन्दै जनमुक्ति विचारधाराबाट आम जनताको मुक्तिका लागि सफल भएका राष्ट्रका विज्ञहरुसँग आन्तरिक छलफल गर्दै गरेको समेत पार्टी महासचिव केशव सूर्यवंशीले जानकारी दिए ।

ऐतिहासिक महाधिवेशन पूर्ण सफलताको लागि इजरायल, साइप्रस, कतार, मलेसिया, हङकङ र बेलायतको प्रतिनिधिहरुको सहभागिता रहने जापान, अमेरिकासँगको सम्बन्ध सुदृढ गर्दै जाने समेत सचिवालयले जानकारी दिएको छ ।

जिल्ला दौडाहमा प्रदेश नम्वर १ र २ का लागि पार्टीका राष्ट्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वा रहेका छन् भने ५ नम्वर प्रदेशका लागि महासचिव केशव सूर्यवंशी, ६ नम्वर प्रदेशका लागि संगठन सचिव रामु परियार, ६ र ७ प्रदेशका लागि मणिराम चम्लगाई जिल्ला दौडाहमा निस्किएको सचिवालयले जनाकारी दिएको छ ।

५६ जिल्लामा सक्रिय संगठन रहेको र १६ जिल्लामा सम्पर्क समिति बनेको हुँदा ति जिल्लाहरुमा अधिवेशन गरिदै आएको समेत जानकारी दिए । महाधिवेशन सम्पन्न गर्नका लागि विद्यार्थी, युवा, सांस्कृतिक, महिला, मजदुर र किसान मोर्चा सक्रिय रहने जनाउँदै प्रतिनिधित्वका लागि आ–आफ्नै ढंगबाट सक्रिय रहेको बताइएको छ ।

नेपालमा सत्ताधारी पक्षबाट भएका भ्रष्टाचारले राष्ट्रलाई नै बदनाम बनाउने काममा पूर्वप्रधानमन्त्री, मन्त्री, र बहालवाला मन्त्री समेतलाई छोएको हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपाल भ्रष्टहरुको देश भनेर चर्चा चलिसकेको हुँदा त्यसलाई रोक्नका लागि गाउँसम्ममा जनचेतना छर्नुपर्ने भएको हुँदा महाधिवेशनपछि भ्रष्ट विरुद्ध जनसभा जस्ता कार्य गरेर जाने समेत रणनीति रहेको जनाएको छ ।

सचिवालयले प्रतिपक्षमा रहेका ठूला दल पनि भ्रष्टाचार हुँदा सडकमा आवाज उठाउन नसक्दा स्थानीय तहमा भ्रष्टाचार झाँगिदै गएको जनाएको छ ।

यसरी नै एमसीसी लागू गर्न सत्ता पक्ष र प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका केही नेता सक्रिय भएको हुँदा मुलुकलाई अनिर्णयको बन्दीमा नउभ्याउन समेत सुझाव दिएका छन् ।

पार्टी उपाध्यक्ष मोहन धिमालको संयोजकत्वमा सचिवालय सञ्चालन भएको जनाएको छ ।