उचाईमा लम्कदै शनिश्चरे बहुमुखी क्याम्पस « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

उचाईमा लम्कदै शनिश्चरे बहुमुखी क्याम्पस


यलम्वर टाइम्स
१ चैत्र २०७६, शनिबार ०३:३७

शनिश्चरे । विभिन्न कठिनाईका बावजुद अगाडि बढ्दै गरेको शनिश्चरे बहुमुखी क्याम्पस महेन्द्र राजमार्गको उत्तरी क्षेत्रमा शैक्षिक प्रतिष्ठानको भरपर्दो अध्ययन केन्द्र बन्दै गएको छ ।

शुक्रबार बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहन ओलीले बहुमुखी क्याम्पसको गतिविधिबारे अवगत गराउँदै क्याम्पसको भविष्य उज्ज्वल हुँदै आएको बताए ।

निर्माण कार्यमा सबैको सहयोग उतिकै रहेको हुँदा आवश्यक पूर्वाधारहरु बन्दै गएको जानकारी दिए ।

क्याम्पसका व्यवस्थापन, सल्लाहकार र अनुगमन समितिको संयुक्त बैठकमा हौषल्लापूर्वक क्याम्पस प्रमुख ओलीले शैक्षिक प्रतिष्ठानको भरपर्दो अध्ययन केन्द्र हुनेमा विश्वास व्यक्त गरे ।

व्यवस्थापन समितिका अध्यक्ष सरोज ओलीको सभापतित्वमा भएको महत्वपूर्ण छलफल तथा अनुगमन सहितको भेलामा प्रमुख ओलीले संघीय र प्रदेश सरकारको कोषबाट प्राप्त २३ लाख ७५ हजारबाट क्याम्पसको कम्पाउण्ड वाल निर्माण भईरहेको, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ धनकुटाबाट कार्यालय भवन निर्माणका लागि २६ लाख, शैक्षिक सञ्चालनका लागि अनुदान स्वरुप ५ लाख प्राप्त भई काम भएको जानकारी दिएका थिए ।

उनका अनुसार अर्जुनधारा नगरका वडा कार्यालय तथा संघसंस्था मार्फत् २ लाख आर्थिक सहयोग प्राप्त भई पुस्ताकालय निर्माण लगायतका कार्य सञ्चालन हुँदै आएको, सामुदायिक वन मार्फत् हलुवागढ, हचुमासा, सुखानी र बरफल्याङ, जुकेखाडी, शान्ति सामुदायिक वनले आर्थिक सहयोग गर्ने वचन दिए अनुसार जुकेखाडी सामुदायिक वनले ५० हजार, शान्ति सामुदायिक वनले २५ हजार प्रदान गरेको छ भने हचुमासाले ५० हजार दिने निर्णय गरेको छ । उक्त रकमबाट यस क्षेत्रका विद्यार्थीहरुका लागि बस सञ्चालन गरिने जानकारी दिए ।

हालै भारतीय राजदुतावास मार्फत् टाटा कम्पनीको ३५ सिटे बस प्राप्त भएको छ । बहुमुखी क्याम्पसले योसँग ३ वटा बस विद्यार्थी आवतजावतका लागि प्रयोग गर्ने भएको छ ।

२०६४ सालबाट शुरु भएको यस क्याम्पस ३ वर्ष अघिबाट अर्जुनधारा– ७ स्थित १ बिघा १ का साढे ९ धुरमा आफ्नै भवनबाट सञ्चालित छ ।

शुरुशुरुमा विद्यार्थी नपाएर प्राध्यपकहरुलाई तलब खुवाउन १ वर्ष कुर्नु पर्ने अवस्था थियो तर हिजोआज त्यस्तो पीडा नभएको अध्यक्ष सरोज ओलीले जानकारी दिए ।

हाल क्याम्पस ४ सय १० जना विद्यार्थीहरु अध्ययनरत छन् । क्याम्पसमा माई, रोङ र बिर्तामोड हुँदै पहाडी क्षेत्रका विद्यार्थीको उपस्थिति रहेको उपाध्यक्ष हेमराज खरेलले अवगत गराए ।

उनका अनुसार विद्यार्थी अध्यापन गराउँनका लागि अभिभावक माझ जाने समेत जानकारी दिए । ३० जना प्राध्यापक र ४ जना कर्मचारी रहेको उक्त क्याम्पसमा व्यवस्थापन र शिक्षा शास्त्र संकाय अन्तरगतका कक्षा सञ्चालन हुँदै आएको प्राध्यापक कमल पौडेलले जानकारी दिए ।

पर्याप्त मैदान र सबैथोकको सेवाका लागि जुट्दै आएको शनिश्चरे बहुमुखी क्याम्पसले शिक्षा निर्देशन अनुसार केशवकुमार बुढाथोकीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ भने सदस्यहरुमा वीरमणि ढकाल, प्रेमबहादुर गिरी, केदारमणि ढकाल, वृख प्रधान, हरिकुमार राना, कृष्णप्रसाद मिश्र, उद्धव थापा, भुपेन्द्र न्यौपाने, प्रेमसागर सापकोटा, गंगादेवी जोशी, दिलीप राई, शंकर सुवेदी, माया कार्की, चेतनाथ सापकोटा रहेको जनाएका छन् ।

क्याम्पसलाई सबै क्षेत्रबाट सचेत र मर्यादित बनाउँनका लागि अनुगमन तथा मूल्याङ्कन समिति समेत गठन गरेको क्याम्पस प्रमुख ओलीले जानकारी दिए ।

उनका अनुसार अनुगमन समितिमा छत्रमणि ढकाल, कुन्दन भट्टराई, कमल गुरागाई, सरस्वती सिटौला गोले, बद्रीप्रसाद ओली, दिपेन्द्र ढकाल, दिपीन राई, छविलाल शिवाकोटी र अम्बरबहादुर रहेका छन् ।

छलफलमा वडा नं. २ का रघु खनाल, वडा नं. ७ का नवराम ढुंगाना र वडा नं. ८ का गोपीचन्द्र गौतमको समेत उपस्थिति रहेको थियो ।