प्रदेश १ मा ४ हजार ८१३ को कोरोना परीक्षण « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

प्रदेश १ मा ४ हजार ८१३ को कोरोना परीक्षण


यलम्वर टाइम्स
१२ बैशाख २०७७, शुक्रबार ०८:३३

बिराटनगर । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ ।

त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा २६ जना पुरुष र २ जना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको ।

संक्रमितमध्ये १६ जना नेपाली नागरिक र १२ जना भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकहरुमध्ये ४ जना मोरङका रहेका छन् । ११ जना उदयपुर त्रियुगा ३ भूल्केका रहेका छन् ।

एक जना सप्तरीका रहेका छन् । उनिहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ भने अवस्था सामान्य रहेको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल १ हजार ९२ जना पुगेको छ ।

२४ जना पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।