मुख्यमन्त्री राईले भने, ‘न आत्ति बस्नुहोस्, तपाईहरुको साथमा प्रदेश सरकार छ’ « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

मुख्यमन्त्री राईले भने, ‘न आत्ति बस्नुहोस्, तपाईहरुको साथमा प्रदेश सरकार छ’


यलम्वर टाइम्स
१४ बैशाख २०७७, आईतवार १०:४७

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् ।
कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गरेको छ । तपाईहरुको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्, मुख्यमन्त्री राईले भने । मुख्यमन्त्री राईले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिने समेत बताए ।

मुख्यमन्त्री राईले प्रदेशका दुई वटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । राई शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो ।

मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी १ बेलस्रोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्रीको टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । त्यहाँ कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव थियो ।

मुख्यमन्त्रीले थर्मगन, पीपीई, एन९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुर पु¥याई दिएका हुन ।

प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।