सरकारलाई सहयोग गर्दै, सुझाव दिदैः जनमुक्ति « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

सरकारलाई सहयोग गर्दै, सुझाव दिदैः जनमुक्ति


यलम्वर टाइम्स
१५ बैशाख २०७७, सोमबार १२:४४

काठमाण्डौ । राष्ट्रिय जनमुक्ति पार्टी कोरोना विपद् उद्धार तथा राहत कोषले सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै विभिन्न सुझाव समेत दिएका छन् ।

कोषले आईतबार ईटहरी उपमहानगरपालिकालाई अत्याधुनिक पाँच थान पीपीई व्याग र एक काटुन माक्स प्रदान गरेको थियो ।

उक्त सामग्री पार्टी संघीय परिषद सदस्य कर्णबिक्रम तुम्वाहाम्फेले नगर प्रमुख दुवारीकालाल चौघरीलाई हस्तान्तरण गरेका थिए ।

परिषद सदस्य तुम्वाहाम्फेले दिन रात नभनी फ्रन्टलाईनमा उभिएर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि थेरै भए पनि देशैभर यसरी नै सहयोग गरेको जनाउदै लकडाउनका कारण मारमा पर्न गएका सर्वसाधरण जनतालाई राहत बितरण गर्दा कसैलाई काखा र कसैलाई पाखानहोस् भनी सुझाए ।

कोरोना भाईरसका कारण लकडाउनभै सर्वसाधारणको चुलो नबलिरहेको अवस्थामा स्थानीय सरकारले बाडन आँटेको दोस्रो चरणको राहत सकेसम्म सर्वपक्षिय दलहरुको उपस्थितिमा बितरण गर्न माग गरे ।

लकडाउनलाई प्रभावकारी बनाउन जनतालाई पिटेर होईन सम्झाएर, चेतना प्रदान गरेर अगाडि बडाउन सरकारलाई सुझाब समेत दिए ।

यसरीनै सामाजिक योद्धा तथा पार्टी नेता लीला पुनले कोरोना विशेष अस्पताल राप्ती प्रादेशिकमा पनि माक्स सहित पाँच थान पीपीई पोशाक प्रदान गरेको पार्टी नेता रबिन्द्र उच्च नेपालीले बताए । उक्त सामान अस्पतालका मेसु सर्बेस शर्मालाई प्रदान गरिएको थियो ।

राहत विपद कोषले झापा, ईलामको माङ्सेवुङ आदि ठाउँमा पनि पीपीई पोसाक बितरण गर्दै गरेको पार्टी संघीय अध्यक्ष केपी पालुङ्गवाले बताए ।