८ बजेबाट ११ सम्म दोकान खुल्ने « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

८ बजेबाट ११ सम्म दोकान खुल्ने


यलम्वर टाइम्स
१७ बैशाख २०७७, बुधबार ०९:४६

अर्जुनधारा । अत्यावश्यक सामान बिक्री वितरणका लागि झापा जिल्लाभरी बिहान ८ बजेबाट ११ बजेसम्म दोकान खुल्ला रहने निर्णय भएको छ ।

जिल्लाको उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको श्री नाथगण चारआलीमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले खाद्यन्न तथा निर्माण सामाग्री ढुवानी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गर्ने, किसानलाई मल बिक्री बितरणमा सहजता मिलाउने, लकडाउनका कारण कालो बजारीयालाई रोक्न बजार अनुगमन गर्ने, सीमा क्षेत्रलाई व्यवस्थित गर्ने लगायतको निर्णय भएको थियो ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला समन्य समितिका अध्यक्ष सोमनाथ पोर्तेल, २१ नम्वर वाहिनी प्रमुख आशबहादुर तामाङ्ग, जिल्लाका प्रशासन प्रमुख, १५ पालिकाका प्रमुख, रेडक्रस तथा राजनीतिक दलका प्रमुख लगायतको सहभागियता रहेको थियो ।