माई नगरपालिका पस्न सजिलो छैन « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

माई नगरपालिका पस्न सजिलो छैन


यलम्वर टाइम्स
२४ बैशाख २०७७, बुधबार ०७:५९

सुखानी । जो कोही झापामै रहेर ईलामको माई नगरपालिका क्षेत्रमा घर पर्छ भने जान असजिलो छैन ! तर पुर्याउन वा झापा बाहिरबाट माई नगरपालिका क्षेत्र प्रवेश गर्ने हो भने जस्तो सुकै सिफारिस आए पनि प्रवेशमा रोक हुने गरेको छ ।

कोरोना भाईरसबाट नगरवासीलाई बचाउन र सर्न नदिनका लागि माई नगरपालिकाले प्रवेश नाकामा कडा निगरानी पुर्याएका कारण प्रहरी प्रशासनले यस्तो निगरानी बढाएको हो । प्रवेश नाकामा सशस्त्र प्रहरी र जनपथसँगै स्वास्थ्यकर्मी पनि खटेका छन् ।

आईतबार सुखानी सहिद पार्कमा आफन्तलाई पुर्याउन र विभिन्न क्षेत्रबाट नगरपालिका र गाउँपालिका अन्तर्गत वडाका पत्र सहित सिफारिस लिएर आएकाहरुलाई सुखानी पार्कबाटै फर्काई दिएका छन् ।

नगरपालिकाको कडा चासो रहेको कारण प्रहरी प्रशासन सक्रिय रहेको वडा अध्यक्ष खम्वासिंह लिम्बूले बताए ।

हाल माई नगरपालिकामा कोरोना रोगि देखा नपरेको तथ्य छ । माई नगरपालिको सुखानी र साठ्ठी मुरेमा कोभिड–१९ को परीक्षणसहित प्रहरी खटाएको छ ।

भिडियो हेनुहोस्