लुकीछिपी अर्जुनधारा प्रवेश गरेका सुब्बा क्वारेन्टाईममा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

लुकीछिपी अर्जुनधारा प्रवेश गरेका सुब्बा क्वारेन्टाईममा


यलम्वर टाइम्स
१ जेष्ठ २०७७, बिहीबार ०९:५२

अर्जुनधारा । भारतबाट बुधबार राती लुकीछिपी अर्जुनधारा प्रवेश गरेका एक युवालाई माई नगरपालिकाको क्वारेन्टाईममा राखिएको छ ।

ईलाम घर भएका अन्दाजी २५ वर्षीया लोकबहादुर चेम्जोङ्ग सुब्बालाई सशस्त्र प्रहरी खुदुनाबारीले पक्राउ गरि माई नगरको क्वारेन्टाईममा पठाईएको जनाईएको छ ।

ती युवा २ दिन लगाएर रातारात भारतको जलपाईगडीको सुन्दरबस्तीबाट आएका थिए । सिमामा प्रहरी प्रशासनको कडा निगरानी भए पनि झुक्याएर अर्जुनधारा प्रवेश गर्न सफल भएको ती सुब्बाले बताए ।