अर्जुनधाराको वडा नम्वर ६ र ११ मा एकको लागि एक « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

अर्जुनधाराको वडा नम्वर ६ र ११ मा एकको लागि एक


यलम्वर टाइम्स
१५ जेष्ठ २०७७, बिहीबार १०:२६

अर्जुनधारा । लकडाउनका कारण विपन्न वर्गलाई हातमुख जोडन कठिन नहोस् भन्ने उदेश्यले सञ्चालन गरेको एकका लागि एक अभियान अर्जुनधारा वडा नम्वर ६ र ११ मा सम्पन्न भएको छ ।

सहारा नेपालले अगुवाई गरेको अभियानमा वडा नम्वर ६ का १५ विपन्न परिवारलाई वडाअध्यक्ष लोकनाथ गौतमको हातबाट २५ केजी चामल, दाल तेल, नुन, हातधुने र नुहाउने साबुन प्रदान गरिएको थियो ।

यसरीनै वडा नम्वर ११ मा अध्यक्ष भैरव खड्का र वोड सदस्य लक्ष्मी तामाङ्ग राईको हातबाट १५ परिवारलाई राहत प्रदान गरिएको हो ।

राहत दैनिक ज्याला गरिखाने विपन्न परिवारलाई प्रदान गरिएको सहारा नेपाल शनिश्चरे शाखाका लक्ष्मीप्रसाद रिजालले यलम्वर टाईम्सलाई बताए ।

यसरीनै अन्य वडामा यस अघिनै राहत वितरण भइसकेको छ ।