अर्जुनधारामा पनि मौन जुलुस (फोटो फिचरसहित) « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

अर्जुनधारामा पनि मौन जुलुस (फोटो फिचरसहित)


यलम्वर टाइम्स
१ असार २०७७, सोमबार ०३:४२

अर्जुनधारा । मुलुक कोरोनासँगै लकडाउनले शिथिल भएको बेला सरकारले गरेका काम र रबैयाको विरुद्धमा अर्जुनधारामा पनि मौन जुलुसको आयोजना गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

न त कुनै राजनीतिक दलको निर्देशन न त कुनै समर्थन स्वतन्त्र रुपमा परिचालित युवाको समूहले सरकारका गतिविधि सन्तोषजनक नभएको भन्दै विरोधमा उत्रिएको हो ।

सोमबार बिहान शनिश्चरे बजारको परिक्रमा गरि भएको प्रदर्शनमा ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘सोच बदल कार्पेट होइन’, ‘जाग युवा’, ‘तै चुप, मै चुप आखिर कहिलेसम्म ?’ जस्ता नारा प्रयोग गरिएको थियो ।

विभिन्न नारासहितका प्ले कार्डहरुसहित भौतिक दुरी कायम गर्दै गरिएको मौन जुलुस अधिराज्य भरि नै हुँदै आएको छ ।

तस्वीरमा मौन जुलुस