किन गरियो कनकाई नगरपालिकामा बन्द ? « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

किन गरियो कनकाई नगरपालिकामा बन्द ?


यलम्वर टाइम्स
९ असार २०७७, मंगलवार ०३:१२

दुर्गापुर । झापाको कनकाई नगरपालिका–५ स्थित दुर्गापुरको क्वारेनटाईनमा रहेको एक महिलामा कोरोना पुष्टि भएसँगै उनको बच्चासँगको भेटघाटले आतंक मच्चिए पछि नगरले ५ दिन बन्द गरेको छ ।

कनकाई नगरकी एक महिला कुवेतबाट आई दुर्गापुरको क्वारेन्टाईनमा राखेर परीक्षण गर्दा कोरोना पुष्टि भएर पनि घरैमा रहेको नाबालकसँग बिहानपख क्वारेन्टाईनमै भेटघाट गरेपछि वडामा आतंक मच्चिएको हो ।

ती बालकसँगै उनका आफन्त गाउँ घुमेका कारण सोमबार १२ बजेबाट शनिबार राती १२ बजे ५ दिन नगर शिल गरिएको बताईएको छ ।

कनकाई नपामा ४ जना कोरोना पुष्टि भईसकेको छ । सोमबार नगरले एक विज्ञप्ति प्रकाशित गर्दै बन्द अवधिभरि बाहिर नहिडन अनुरोध गरेको छ ।