देउसी भैलोको रकमबाट कल्याण कोष स्थापना « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

देउसी भैलोको रकमबाट कल्याण कोष स्थापना


यलम्वर टाइम्स
६ मंसिर २०७३, सोमबार १२:१०

3बिर्तामोड / स्वर्गीक मार्ग बिर्तामोड नगर कमिटीले दीपावलीको अवसरमा सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम प्रेमवादी यात्री कल्याण कोष स्थापना गर्ने भएको छ ।

झापाको बिर्तामोडमा समापन कार्यक्रमको आयोजना गर्दै स्वर्गीक मार्गका उपाध्यक्ष टोपराम राईले १० वर्षे योजना लिएर सुरु गरिएको कल्याण कोष स्थापनाका लागि गत दीपावलीमा देउसी–भैलो कार्यक्रमबाट २ लाख ४१ हजार २ सय ८५ रुपैयाँ संकलन भएको बताए । सेमिचोङ भवन निर्माण, आर्थिक सबलता, दिनदुखीहरुको सहायता र मानव एकता गर्ने उद्देश्यले कल्याण कोषको स्थापना गर्न लागिएको राई थपे ।

स्वर्गीक मार्गका अध्यक्ष नरेन्द्रकुमार अधिकारीको सभापतित्व र जिल्ला उपाध्यक्ष रामप्रसाद चाम्लिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक ९१ वर्षीय थिङ्नबहादुर राईलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा सेमिचोङ हल दाता राजकुमार राई, कुमार हाङछेन राई, शान्ति राई, मानार्थ सदस्यहरु कुमार राई, हस्तबहादुर राई, रुपसरी राई लगायतलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कोषाध्यक्ष डिएस राईले स्वागत गरेको कार्यक्रममा स्वर्गीक मार्ग हेटक्वाटरका अध्यक्ष विवि राई, सेनमुन्धुम गुरु, स्वर्गीक बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष प्रभा राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा १९ जनालाई आजीवन सदस्य प्रदान गरिएको थियो भने धुलाबारी किरात राई यायोक्खाका साकेला टोलीले साकेला नृत्य प्रस्तुत गरेको थियो ।